सारथी स्कुटरको नयाँ शोरुम सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन पाइने

काठमाडौं–वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको विद्युतीय सवारी बजारमा क्रियाशील कम्पनी ‘जिरो इमिसन राइड (एन)’ ले ललितपुरको सातदोबाटोमा नयाँ शाखा (शोरुम) सञ्चालनमा ल्याएको छ ।

बुधबार, विशेष समारोहका बीच उक्त नयाँ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी मथुरा घिमिरेद्वारा रिबन काटि शोरुम उद्घाटन गरिएको हो ।

कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको आधिकारिक विक्रि तथा वितरण गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले वातावरण अनुकुल सवारीसाधन हुँदाहँदै पनि हाम्रै मुलुकमा उत्पादन हुने विद्युतको प्रयोग हुने हुँदा वैदेशिक मुद्रा सँचितिमा उल्लेख्य भुमिका खेल्ने यस्ता सवारीसाधनको प्रवद्र्धनको लागि सबैको पहल आवश्यक रहेको औल्याए ।

कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समयदेखि अटोमोवाइल क्षेत्रमै व्यवसाय गदै आइरहेकोले बिक्रि पछिको सेवामा उत्कृष्ट काम गर्ने कम्पनीको रुपमा चिनिन पाउँदा गर्व लागेको बताए । निर्देशक नगरकोटीले निकट भविष्यमा सारथी ब्राण्ड मार्फत सबै स्कुटरहरु नेपाल मै एसेम्बल गरिने प्रकृया अघि बढेको जानकारी दिए ।

जिरो इमिसन राइड (एन) का सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । यसको मुख्य कारण वातावरणीय सन्तुलन, इन्धनको बढ्दो खर्च र मर्मत लागतमा हुने बचत हो । यसले विद्युतीय स्कुटरलाई अबको यात्राको सबैभन्दा व्यावहारिक विकल्प बनाएको छ ।

कम्पनीले राजधानीका तीनै जिल्लाहरूमा आफ्ना शाखा र डिलर नेटवर्क विस्तार गर्दै आएको छ भने, देशभरका प्रमुख शहरहरूमा पनि बिक्रीपछिका सेवा उपलब्ध गराइरहेको छ । सातदोबाटो शाखाबाट ग्राहकहरूले लुयान र इकुटर ब्रान्डका स्कुटरहरूको प्रत्यक्ष अवलोकन, टेस्ट राइड र खरिद गर्न सक्नेछन् ।

शोरुममा स्कुटर खरिद गर्दा कम्पनीले सञ्चालन गरिरहेका हरेक अफर र स्किमहरूको सुविधा पनि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले पुराना बाइक वा स्कुटर साटेर नयाँ लुयान स्कुटर लैजान सक्ने र फाइनान्स सुविधा पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...

केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...