जेके टायरद्वारा पहिलोपटक सवारी साधनको लागि इम्बेडेड स्मार्ट टायर लन्च

जेके टायर एण्ड इन्डस्ट्रिज लिमिटेडले भारतीय बजारमा सवारी साधनलाई लक्षित गर्दै देशकै पहिलो इम्बेडेड स्मार्ट टायर लन्च गरेको छ । कम्पनीले सो अत्याधुनिक प्रविधियुक्त टायर आफ्नै अनुसन्धान तथा विकासमा तयार गरेको हो ।

नयाँ स्मार्ट टायरमा टायर भित्रै विशेष सेन्सर जडान गरिएको हुन्छ, जसले टायरको हावाको चाप, तापक्रम तथा हावा लिकेजको स्थिति निरन्तर निगरानी गर्छ । सो टायरले सडक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने कम्पनीको दाबी छ । हावा कम भएको वा तापक्रम बढी भएको अवस्थामा उक्त सिस्टमले तुरुन्तै सतर्कता दिने हुँदा दुर्घटनाको जोखिम घट्नुका साथै टायरको आयु वृद्धि र माइलेजमा पनि सुधार हुने कम्पनीको दाबी छ ।

यी टायरहरू सुरुवाती चरणमा १४ देखि १७ इन्च साइजमा उपलब्ध हुनेछ र डिलरशिपमार्फत आफ्टरमार्केटमा बिक्री सुरु हुनेछ । सो प्रविधिले टायर प्रेसर मोनिटरिङ सिस्टमलाई क्लाउड बेस्ड एनालिटिक्ससँग जोड्छ । यो पहिलो पटक सन् २०१९ मा ट्रेल सेन्सरको मदतमा पेश गरिएको थियो । यसले ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ लक्ष्यलाई बलियो आधार प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. रघुपति सिंहानियाले स्मार्ट टायरको सफल विकासलाई इनोभेशन यात्रामा महत्वपूर्ण उपलब्धि भनेका छन् । जेके टायरले यसअघि पनि पङ्चर-प्रुफ टायरसहित विभिन्न सवारी साधनका लागि प्रविधिमैत्री टायरहरू बजारमा उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचारहरू

फुटबलमा एपोलो टायरको अभियान, म्यानचेस्टर युनाइटेडसँग सहकार्यका लागि तीन खेलाडी छनोट

फुटबलमा एपोलो टायरको अभियान, म्यानचेस्टर युनाइटेडसँग सहकार्यका लागि तीन खेलाडी छनोट

काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल...

गोरखकाली रबर उद्योगलाई उपयुक्त पीपीपी मोडलमा सञ्चालन गर्न कार्यदलको सुझाव

गोरखकाली रबर उद्योगलाई उपयुक्त पीपीपी मोडलमा सञ्चालन गर्न कार्यदलको सुझाव

गोरखकाली रबर उद्योग पुनः सञ्चालन सुझाव कार्यदलले १० महिना लगाएर तयार...

जेके टायर किन्दा फ्रि रेनकोट

जेके टायर किन्दा फ्रि रेनकोट

काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...