बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर

काठमाडौं - बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक प्रालिले आज नोभेम्बर ११ अर्थात ११ः११ अभियान मार्फत बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

नेपालको प्रमुख ई-कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल र घर सुधारका लागि बोस पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ । यसका साथै, फास्टेस्ट फिङ्गर फस्र्ट अफरमा २२ हजार ९ सय मूल्यको प्रेसर वाशर केवल ११ रुपैयाँमा पाउने अद्भुत अवसर पनि उपलब्ध हुनेछ।

सो अभियान अन्तर्गत सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरो ठाउँका कामका लागि बोस जीडब्लुएस ६००, सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण बोस जीएचजी १६-५० हिट गन, माथिल्लो स्थान र सीमित ठाउँमा काम गर्न सक्षम, सानो तर शक्तिशाली ड्रिलका लागि बोस जीएसबी ४५० इम्प्याक्ट ड्रिल, धुलो कम हुने र दक्ष ड्रिलिङका लागि एसडीएस–प्लस रोटरी ह्यामर बोस जीबीएच २-२३ आरईए रोटरी ह्यामर, बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट तथा विभिन्न उपकरणहरूसहित बोस जीएसबी १३ आरई इम्प्याक्ट ड्रिल किट सेट र छिटो र सटीक नापका लागि कम्प्याक्ट मापन उपकरण बोस जीएलएम ४० लेजर रेन्ज फाइन्डर लगायतका उपकरणहरु राखिएका छन् ।

यस ११ः११ अभियानमार्फत बोस पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराएको कम्पनीले बताएको छ ।

नेपालमा बोस पावर टुल्स वि.स. २०७३ देखि यसको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत वितरण हुँदै आएका छन्, जसले प्रमाणिक उत्पादन र व्यापक बिक्रीपछिको सेवा सुनिश्चित गर्छ । नेपालभर यसका १०० भन्दा बढी आधिकारिक उप–वितरक सहितको राष्ट्रिय नेटवर्क छ । यसलाई १०० भन्दा बढी निर्माण कम्पनी, ५० उद्योग र २५ धातु कार्यशालाहरूले प्राथमिकता दिएका छन् ।

ग्राहकहरूले यी सीमित समयका अफरहरू नोभेम्बर ११ देखि दराजमा मात्र लाभ उठाउन सक्नेछन् । छुटयुक्त उपकरण र सहायक सामग्रीहरूको पूर्ण श्रृंखला हेर्न बोसको आधिकारिक स्टोरमा जानका लागि समेत कम्पनीले अनुरोध गरेको छ ।

अहिले किनमेल गर्नका लागि यो लिंकमा जान सकिन्छ ।

सम्बन्धित समाचारहरू

सीएफमोटो बाइक केयर क्याम्प सुरु

सीएफमोटो बाइक केयर क्याम्प सुरु

काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डकाे नेपालका लागि आधिकारिक वितरक ऋषि...

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

काठमाडौं – नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...