३ दिनमै ड्राइभिङ लाइसेन्स पाइने, इम्बोस्ड नम्बर प्लेटको शुल्क घट्ने
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले...
काठमाडौं - सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले लिखित र ट्रायल परीक्षा आजदेखि सञ्चालन गरेकाे छ। २३-२४ भदौको जेनजी प्रदर्शनका कारण सवारी चालक अनुमति पत्रसम्बन्धी ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएपछि रोकिएको परीक्षा करिब दुई महिनापछि पुनः सञ्चालन हुन लागेको हो ।
कार्यालयका अनुसार भदौ २४ गते हुने भनिएको लिखित परीक्षा बिहान ७ बजे भएकाे छ । त्यस्तै, ए, बी र के वर्गको ट्रायल परीक्षा बिहान १० बजे सञ्चालन गरिने छ ।
यसका साथै, २४ भदौमा लिखित तथा प्रयोगात्मक परीक्षार्थीमध्ये कार्यालयबाट सम्पर्क हुन नसकेकाहरूले पछि कार्यालयमा सम्पर्क गरी परीक्षामा नाम समावेश गर्न सक्ने छन् । नयाँ दर्ता तथा वर्ग थपको अनलाइन आवेदन सम्बन्धी सूचना पछि प्रकाशन गरिने कार्यालयले जनाएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले...
भक्तपुर–यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र...
काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...