सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश
चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ ।...
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु गरेको छ । चिनियाँ बजारमा लाफा ५ नामले चिनिने यस कारको सुरुवाती मूल्य १४ हजार ८५० डलर कायम गरिएको छ ।
पाँच भेरिएन्टमा उपलब्ध हुने सो कारलाई कम्पनीले नोभेम्बर २८ मा औपचारिक लन्च गर्ने योजना बनाएको छ । सेप्टेम्वर २०२५ को म्युनिख मोटर शोमा पहिलोपटक शोकेस गरिएको सो कार २०२६ देखि बिस्तारै विश्वव्यापी बजारमा उपलब्ध हुने जनाइएको छ ।
यो गाडीको लम्बाइ ४,४३० एमएम चौडाइ १,८८० एमएम र उचाइ १,५२० एमएम तथा ह्वीलबेस २,७३५ एमएम छ । सिल गरिएको फ्रन्ट ग्रिल, स्प्लिट एलईडी लाइटिङ र फ्रेमलेस डोर जस्ता विशेषताले यसको डिजाइनलाई आकर्षक बनाएको छ ।
क्याविनमा ८.८ इन्च डिजिटल क्लस्टर, १४.६–इन्च लामो २.५ के टचस्क्रिन र क्वालकमको ८२९५पी चिपसेटद्वारा संचालित लिपमोटर ओएस ४.० प्लस सिस्टम समाबेश गरिएकाे छ ।
साथै यसमा, डुअल एआई एसिस्टेन्ट, छतमा माउन्ट गरिएको लिडार सिस्टम, १२ स्पिकर लिप साउन्ड सिस्टम, प्यानारोमिक सनरुफ र २५६ रंगको एम्बियन्ट लाइटिङ उपलब्ध छ । अगाडी सिटमा भेन्टिलेसन र हीटिङ सुविधा दिइएको कारको प्यासेन्जर साइडमा वायरलेस चार्जिङ र मोड्युलर स्टोरेज उपलब्ध गराइएको छ ।
३२ किलोवाट र १६० किलोवाट आउटपुटका साथ पछाडि माउन्ट गरिएको सिंगल मोटर सेटअप राखिएको बी ०५ ५६.२ किलोवाट आवर र ६७.१ किलोवाट अवार क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । कारको रेन्ज ५१५ र ६०५ किलोमिटर दाबी गरिएको छ ।
लिपमोटर बी०५ नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको बिद्यतीय कार हो । अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएसंगै बी०५ नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । लिपमोटरका उत्पादनलाई नेपालमा सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ ।
चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ ।...
ईभी निर्माता कम्पनीको रुपमा परिचित वुलिङले पहिलो पावर ब्याट्रीको रुपमा...
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...