आकर्षक डिजाइन र उन्नत सुविधासहित नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च

हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च गरेको छ । यसको बाहिरी डिजाइनमा व्यापक परिवर्तन गरिएको छ।

नयाँ भेन्युको अगाडि क्रोम इन्सर्ट सहितको आयताकार ग्रिल, ठाडो क्वाड बीम एलईडी हेडलाइट, सी-आकारको डीआरएल र पछाडिको भागमा कनेक्टेड टेललाइट क्लस्टर र थ्रीडी भेन्यु लोगो जडान गरिएको छ। साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल  र सी-पिलरमा सिल्भर इन्सर्ट राखिएको छ। साथै यसलाई रग्ड लुक दिनका लागि मोटा फक्स स्किड प्लेट पनि जडान गरिएको छ ।

यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ। यसमा नयाँ ड्यासबोर्ड, १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भोइस असिस्टेड इलेक्ट्रिक सनरुफ,  ४ वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत फिचर समावेश छ । साथै सेफ्टीका लागि अगाडि र पछाडिका एयरब्याग, एबीएस, ईबीडी, ईएससी जस्ता फिचर समावेश गरिएको छ।

नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पहरू उपलब्ध छ । टर्बो पेट्रोल इन्जिनले १२० पीएससम्मको शक्ति उत्पादन गर्छ। साथै, पहिलोपटक डिजेल भेरिएन्टमा ६ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ । यसको डिजेल म्यानुअल भेरिएन्टले २०.९९ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ ।

यसले भारतीय बजारमा महिन्द्रा एक्सयूभी३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा काइलाक र किया सोनेट जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

हुन्डाई औरामा थपियो नयाँ फिचर, मूल्य कति ?

हुन्डाई औरामा थपियो नयाँ फिचर, मूल्य कति ?

हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट...

नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’...

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...