‘राजधानी पछि अटो बजारको नेतृत्व चितवनले गर्नुपर्छ भन्ने मान्यताका साथ क्रियाशील छौं’
राजन पिया चितवनमा जारी चितवन अटो शो २०२६ का संयोजक हुन् । उनी नेपाल...
टोकियो मोबिलिटी शो २०२५ जापानको टोकियोमा सुरु भएको छ। जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना गरिएको सो प्रदर्शनी अक्टोबर ३० देखि नोभेम्बर ९, २०२५ सम्म चल्नेछ। पहिले टोकियो मोटर शो केवल कार प्रदर्शनमा मात्र सीमित थिए, तर अहिले भविष्यमा प्रयोग हुने उन्नत मोबिलिटी टेक्नोलोजी प्रस्तुत गर्ने मञ्चका रूपमा उभिएको छ।
यस वर्षका आकर्षणमा इलेक्ट्रिक सवारी साधन, हाइड्रोजन गाडी, उड्ने कार, रोबोटिक चेयर्स लगायत अत्याधुनिक प्रविधिले दर्शकहरूको ध्यान खिचिरहेका छन् । यद्यपि यसको बीचमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको नयाँ अटो शुल्कले जापानी अटो उद्योगमा चिन्ता थपेको छ।
यस प्रदर्शनीमा होन्डाले आफ्नो भविष्यवादी युनी वन रोबोटिक चेयर पेश गरेको छ । प्रयोगकर्ताले सहज रूपमा गन्तव्यमा पुग्न सक्ने यस उपकरणलाई कम्पनीले २०३५ सम्म बजारमा ल्याउने लक्ष्य राखेको छ। साथै टोयोटाले अमेरिकी कम्पनी जोबी एभिएसनसँग मिलेर विकसित गरेको हेलिकप्टर जस्तो उड्ने कारको अवधारणा प्रस्तुत गरेको छ। ६ वटा प्रोपेलरयुक्त यस सवारी साधनलाई विभिन्न पाइलट परियोजनामार्फत आगामी वर्षमा परीक्षण सुरु गर्ने योजना छ।
निसान मोटर कर्पले नयाँ प्रविधिले सुसज्जित आफ्नो साकुरा ईभीको प्रोटोटाइप प्रस्तुत गरेको छ। कारको छानामा जडान गरिएको ‘एओ-सोलार एक्स्टेन्डर’ प्राविधिक सुविधाले अतिरिक्त बिजुली उत्पादन गरेर घरायसी उपकरण चलाउन तथा आपतकालीन अवस्थामा ब्याकअपको काम गर्न सक्छ । माज्दा कम्पनीले पनि चालकको भावना पहिचान गर्न सक्ने स्मार्ट सवारी साधन विकसित गरिरहेको छ ।
टोयोटाले अर्को आकर्षणका रूपमा ‘ल्याण्ड हपर’ नामक फोल्ड गर्न मिल्ने इलेक्ट्रिक बाइक प्रस्तुत गरेको छ, जसलाई कम्पनीको नयाँ ल्यान्ड क्रुजर एफजेड एसयूभीमा समेत सजिलै फिट गर्न सकिन्छ । २.७ लिटर पेट्रोल इन्जिनद्वारा सञ्चालित उक्त एसयूभीले विश्वभर १९० देशहरूमा १ करोड २० लाखभन्दा बढी बिक्री रेकर्ड गरिसकेको छ।
टोकियो मोबिलिटी शो २०२५ ले जापान केवल सवारी साधन निर्माणमा मात्र होइन, टिकाउ र उन्नत गतिशीलता प्रविधिको भविष्य नेतृत्व गर्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको प्रमाणित गरेको छ। तर ट्रम्प प्रशासनको भन्सार नीतिले यस विकास यात्रामा नयाँ आर्थिक चुनौती थपिएको निश्चित देखिन्छ।
राजन पिया चितवनमा जारी चितवन अटो शो २०२६ का संयोजक हुन् । उनी नेपाल...
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...