पार्किङमा मात्र होइन, यी अवस्थामा पनि उपयाेगी छ ह्यान्डब्रेक
ह्यान्डब्रेकको प्रयोग कार पार्क गर्दा मात्र सीमित हुँदैन । अनुभवी चालकका...
काठमाडाैं । तिहारको उल्लासमय माहोलमा याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूका लागि बोनस दर दोब्बर बनाएको छ।
कम्पनीले घोषणा गरेको विशेष एक साताको अभियानअन्तर्गत कार सेवाका ड्राइभरहरूले प्रति दिन अधिकतम ६ हजार दुई सय र बाइक सेवाका ड्राइभरहरूले चार हजार एक सयसम्म बोनस कमाउन सक्नेछन्।
यस अवधिमा ड्राइभरहरूले सामान्य दैनिक लक्ष्य पूरा गरे पुग्नेछ । अतिरिक्त लक्ष्य तोकिएको छैन । ‘पार्टनर ड्राइभरहरू नै याङ्गोको मुख्य पात्र हुन्,’ कम्पनीका एक वरिष्ठ प्रतिनिधिले भने, ‘उनीहरूको योगदानको सम्मानस्वरूप यो बोनस अभियान सुरु गरिएको हो।’
अभियान तिहार पर्वको अवसरमा एक सातासम्म सञ्चालन हुनेछ। जसअन्तर्गत सोमबारदेखि थप बोनसहरू उपलब्ध हुनेछन्। याङ्गोले काठमाडौंमा आफ्नो सेवाको दायरा विस्तार गर्दै स्थानीय साझेदारहरूलाई डिजिटल माध्यमबाट सशक्त बनाउँदै आएको जनाएको छ।
कम्पनीले सबै पार्टनर ड्राइभरलाई तिहारको उत्सवमा बढी कमाई गर्दै खुसीसाथ मनाउन आग्रह गरेको छ।
ह्यान्डब्रेकको प्रयोग कार पार्क गर्दा मात्र सीमित हुँदैन । अनुभवी चालकका...
लामो समय सम्म गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? अवश्य पनि छ होला ।...
काठमाडौं – अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...