६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा नयाँ क्रान्ति ल्याउँदै आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० लन्च गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच यस बाइक लन्च गरिएको हो ।
एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफरोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै राइडरहरूलाई ‘जहाँ पनि, जुनसुकै समयमा रमाइलो’ को स्वतन्त्रता प्रदान गर्छ । मजबुत एलएस ४४० इन्जिनद्वारा सञ्चालित यो बाइकले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ, जसले सहज, शक्तिशाली र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्छ ।
नेपालभरका सबै डिलरशिपहरूमा बुकिङ खुला भइसकेको यो मोटरसाइकलको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँबाट सुरु हुन्छ ।
रोयल इन्फिल्डको शुद्ध मोटरसाइकलिङ डीएनएमा आधारित स्क्र्याम ४४० ले एडभेन्चरको जन्मजात गुणलाई खेलकुद–मस्तीका लागि ट्युन गरेको छ । यो क्रसओभर मोटरसाइकल ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । ट्रेल भेरिएन्टले परम्परागत स्पोक ह्विल र ट्युब टायरसहित अफरोडका लागि आदर्श डिजाइन बोकेको छ, जुन ट्रेल ब्लु र ट्रेल ग्रीन कलर अप्सनमा आउँछ । यसको विपरीत, फोर्स भेरिएन्ट शहर–केन्द्रित सवारीलाई ध्यानमा राखेर आधुनिक अलोय ह्विल र ट्युबलेस टायरसहित तयार पारिएको छ, जुन फोर्स ब्लु, फोर्स ग्रे र फोर्स टील कलरमा उपलब्ध हुन्छ ।

यसमा ४४३ सीसीको नयाँ लङ स्ट्रोक सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन जडान गरिएको छ, जसले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । सिक्स–स्पिड गियरबक्सले शहरका ट्राफिक जाममा सहज स्विचिङ र अफ–रोड ट्रेलहरूमा शक्तिशाली एक्सेलरेसन प्रदान गर्छ । हरेक प्रकारको भू–भागका लागि तयार यो बाइकमा १९ इन्च अगाडि र १७ इन्च पछाडिका ड्युअल–पर्पोज ट्युबलेस टायर, स्विचेबल एबीएस र मात्र ७९५ एमएमको सिट हाइट समावेश छन् । यसले नयाँ राइडरहरूलाई पनि सहज महसुस गराउँछ भने अनुभवीहरूलाई थप आत्मविश्वास दिन्छ ।
डिजाइनको हिसाबले, स्क्र्याम ४४० ले सन्तुलित एर्गोनोमिक्स र अप–राइट राइडिङ पोजिसन अपनाएको छ, जसले लामो यात्रामा थकान कम गर्छ । अगाडि १९० एमएम र पछाडि १८० एमएमको सस्पेन्सन ट्राभलले उबडखाबड सडक वा अफ–रोडमा उत्कृष्ट नियन्त्रण सुनिश्चित गर्छ । २०० एमएमको ग्राउन्ड क्लियरेन्सले पहाडी बाटोहरूमा पनि निर्बाध यात्रा सम्भव बनाउँछ । यसबाहेक, उज्ज्वल एलईडी हेडलाइट, सुधारिएको ब्रेकिङ सिस्टम र टप बक्स रेडीनेस जस्ता फिचरहरूले यसलाई दैनिक कम्युटिङदेखि विकेन्ड एडभेन्चरसम्म बहुउपयोगी बनाएको छ ।
रोयल इन्फिल्डका चीफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलरियाले लन्च कार्यक्रममा भने, ‘नेपाल हाम्रो लागि सधैं उत्साहजनक र तीव्र गतिमा बढ्दो बजार रहँदै आएको छ । यस वर्ष हामीले नयाँ क्लासिक ३५० र अब स्क्र्याम ४४० जस्ता प्रमुख मोडलहरू प्रस्तुत गरेर हाम्रो प्रतिबद्धता झल्काएका छौं । यसको चलायमान बनावट र बहुपक्षीय चरित्र नेपालका विविध भू–भागहरूका लागि आदर्श छ । हामी विश्वस्त छौं कि यो एडभेन्चर–ट्युन गरिएको मोटरसाइकलले नेपालको मोटरसाइकलिङ समुदायलाई विस्तार गर्नेछ र देशभर हाम्रो उपस्थितिलाई अझ मजबुत बनाउनेछ ।’
कम्पनीले नेपालमा आफ्नो लगानीलाई पनि मजबुत बनाउँदै आएको छ । सन् २०२३ को जुनमा त्रिवेणी समूहसँग साझेदारी गर्दै बिरगंजमा सिकेडी (कम्प्लिटली नक्ड डाउन) एसेम्बली प्लान्ट स्थापना गरेको रोयल इन्फिल्डको यो प्लान्टको वार्षिक उत्पादन क्षमता २० हजार युनिट छ ।
यो प्लान्टले भारतको तमिलनाडुस्थित अत्याधुनिक उत्पादन सुविधासँग मिलेर दक्षिण एशियाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धता प्रदर्शित गर्छ । यसले नेपालमा स्थानीय रोजगारी सिर्जना गर्दै उच्च गुणस्तरका मोटरसाइकलहरू उपलब्ध गराउने सुनिश्चित गरेको छ ।
स्क्र्याम ४४० ले रोयल इन्फिल्डको एडभेन्चर विरासतलाई नयाँ उचाइमा पु¥याउँदै नेपालका विविध सडकहरूमा नयाँ सम्भावनाहरू खोलिदिएको कम्पनीको भनाइ छ । चाहे शहरका दैनिक यात्रा होस् वा पहाडी ट्रेलहरूको रोमाञ्च, यो मोटरसाइकलले हरेक राइडरलाई आत्मविश्वास र मज्जा दिन्छ ।
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...