नेपालमा कुन नयाँ मोटरसाइकल लन्च गर्दैछ रोयल इन्फिल्ड ?

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको नयाँ मोटरसाइकल लन्च हुँदैछ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले यसको संकेत स्वरुप एक टिजर सार्वजनिक गरेको छ ।

सो टिजरमा नयाँ कुन मोटरसाइकल लन्च हुने हो भन्ने वारेमा भने स्पष्ट जानकारी दिइएको छैन । सो टिजरमा ‘कमिङ सुन’ पश्चात ‘एनिथिङ, एनिटाइम, एनिह्वेयर’ मात्र लेखिएको छ र १८.१०.२०२५ स्टे ट्युन्ड लेखिएको छ ।

यस अनुसार आगामी अक्टोबर १८ अर्थात शनिबार रोयल इन्फिल्डको कुनै नयाँ मोटरसाइकल लन्च हुने अनुमान गर्न सकिन्छ ।

यस अनुसार कमेन्टमा धेरैले सुपर मेटियर, नयाँ कलर र स्लिपर क्लच सहितको मेटियर, गुरिल्ला, स्क्राम लगायतका नयाँ मोटरसाइकल नेपाली बजारमा लन्च हुने अनुमान समेत गरेका छन् ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पनि यस वारेमा कुनै औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । यद्यपि अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार रोयल इन्फिल्ड स्क्राम ४४० नेपाली बजारमा लन्च हुनेछ । टिजर इमेज हेर्दा पनि उस्तै देखिन्छ ।

नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० को साइज रोयल इन्फिल्ड स्क्राम ४११ जस्तै छ। यसमा नयाँ एलईडी हेडलाइट, ठुलो इन्धन ट्याङ्की, नयाँ सिट र ट्वीक गरिएको टेल सेक्शन पनि छ ।

बाइकमा ४४३ सीसी, एयर र आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २५.४ पीएस पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । यसको इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

फिचरका लागि स्क्राम ४४० मा नयाँ एलईडी हेडलाइट, नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, नयाँ सिंगल पिस सिट, यूएसबी चार्ज पोर्ट, ट्रिपर नेभिगेसन पोड र राउन्ड रियर भ्यू मिरर उपलब्ध छ ।

नयाँ स्क्राम ४४०मा १९० एमएम ह्विल ट्राभलको साथ ४१ एमएमको टेलिस्कोपिक फोर्क र १८० एमएम ह्विल ट्राभलको साथ मोनोशक सस्पेन्सन दिइएको छ । यसको अगाडि ३०० एमएम डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक छ। यसमा ड्युअल च्यानल एबीएस पनि दिइएको छ । बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्च रियर ह्विल दिइएको छ जसमा अगाडि १०० सेक्शन र पछाडि १२० सेक्शन ब्लक प्याटर्न टायर प्रयोग गरिएको छ । यसको इन्धन ट्याङ्कीको क्षमता १५ लिटर छ ।

नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० को मूल्य र अन्य फिचर भने आगामी शनिबार नै सार्वजनिक हुनेछ । यसको मूल्य ७ लाख रुपैयाँ हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसीको १९औं एडिसन सुरु भएको छ । सो बाइक अभियान दिल्लीबाट सुरु भएर...

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...