भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक
हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...
टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अपाचे आरटीएक्स लन्च गरेको छ। कम्पनीले यस मोटरसाइकललाई नयाँ पुस्ताको टीभीएस आरटी एक्सडी४ इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो, जसमा रेसिङ परफर्मेन्स र लामो दूरीका यात्रालाई विशेष ध्यान दिइएको छ।
टीभीएस अपाचे आरटीएक्स भारतीय बजारमा बेस, टप र बीटीओ गरी तीन भेरिएन्टमा प्रस्तुत गरिएको छ। भारतीय बजारमा यसले येज्दी एड्भेन्चर, सुजुकी भीस्ट्रोम एसएक्स २५० र केटीएम २५० एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा गर्नेछ।
सो मोटरसाइकलमा २९९.१ सीसी क्षमताको सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३६ पीएसको पावर र २८.५ एनएमको टर्क उत्पादन गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिसन र असिस्ट तथा स्लिपर क्लचसँग जोडिएको छ । बाइकको फ्रेम स्टील ट्रेलिस संरचनामा बनेको छ। साथै फ्रन्टको भागमा डब्ल्युपी कम्पनीको उल्टो कार्ट्रिज फोर्क प्रयोग गरिएको छ भने रियरको भागमा मोनो-ट्युब सस्पेन्सन रहेको छ ।
अपाचे आरटीएक्सको मस्कुलर बडी, मोनो-भोल्युम सिल्हुट, डीआरएल ब्लेड, लेभिटेटिङ मेन बीम र टेल ल्याम्प ब्लेडले यसलाई आधुनिक र स्पोर्टी बनाएको छ । कम्पनीले सो बाइकमा प्रविधिलाई पनि विशेष प्राथमिकता दिएको छ। यसमा ५ इन्चको टीएफटी डिस्प्ले दिइएको छ जसले नेभिगेसन, राइड मोड, र म्याप मिररिङ सुविधा प्रदान गर्छ।
सो बाइकमा क्विकशिफ्टर र क्रुज कन्ट्रोल नियन्त्रण, ट्रयाक्सन कन्ट्रोल र टेर्रेन अडेप्टिभ एबीएस जस्तो सेफ्टी फिचर समावेश गरिएको छ । यसमा अर्बन, रेन, टुर र र्याली गरी चार प्रकारका राइड मोड उपलब्ध छ । १५ लिटर क्षमताको इन्धन ट्याङ्की र १९२ किलोग्राम तौल भएको सो बाइकले एड्भेन्चर प्रेमीलाई एक नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...
टीभीएसले आफ्नो ईभी लाइनअपमा नयाँ स्कुटर थपेको छ । कम्पनीले अर्विटर नामक...
भारतीय टु–ह्विलर बजारमा होन्डा र टीभीएसबिच निकै ठूलो र रोचक प्रतिस्पर्धा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...