टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै
टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई खरिद गर्ने भएको छ । ४.५ अर्ब...
काठमाडौं - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव”कार्यक्रम आजबाट शुभारम्भ गरेको छ।
हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन् ।
टाटाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ।
यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू - टाटा टियागो.ईभी, पन्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी - का साथै आईसीई मोडलहरू टियागो, पन्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्रि लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्रि एसेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्रि एम्बोस्ड नम्बर प्लेट र फ्रि होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले सुनको असर्फी भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।
टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई खरिद गर्ने भएको छ । ४.५ अर्ब...
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...
एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...