नेक्स्ट जेनेरेशन भेन्यूमा क्रेटा एनलाइनको जस्तै फ्रन्ट फेसिया हुने

हुन्डाईले नेक्स्ट जेनेरेशन भेन्यूलाई फेरि एकपटक देखाएको छ । यसअघि सडक परिक्षण हुँदै गर्दा केही भाग मात्र देखाइएको एसयुभीको यसपटक भने फ्रन्ट फेसिया पूर्णरुपमा देखाइएको हो । यसको फ्रन्ट फेसिया हुन्डाईको लोकप्रिय एसयुभी क्रेटा एनलाईनबाट प्रेरित भएको देख्न सकिन्छ ।

पुनः डिजाइन गरिएको फ्रन्ट फेसियामा एक अर्कामाथि स्ट्याक गरिएको आयताकार एलईडीहरू सहितको स्प्लिट हेडल्याम्प सेटअप राखिएको छ । एसयुभीमा टर्न इन्डिकेटरहरू राखिएको छ भने मुख्य हेडल्याम्प बम्परमा राखिएको छ । क्लस्टर वरिपरी दिइएको सी आकारको एलईडी डिआरएलले यसको लुक्समा निखार दिएको छ ।

नयाँ भेन्यूको अगाडिको बम्परलाई समेत रि डिजाइन गरिएको छ । एसयुभीमा अब सिल्भर फक्स स्किड प्लेट पाउन सकिनेछ भने एडास सुइटको लागि सेन्सरलाई मोड्युल नम्बर प्लेटको ठीक तल केन्द्रमा माउन्ट गरिएको छ । पछाडिको भागमा पातलो एलइडी टेललाइटहरू हुने अपेक्षा गरिएको छ ।

नयाँ भेन्यूमा हालको मोडेल जस्तै इन्जिनहरू उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । भेन्यू हाल १.० लिटर टर्बो–पेट्रोल, १.२ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

पोखरा- नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘मेड इन...

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

हुन्डाईले हालसालै भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ ।...

मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन

मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन

हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...