एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
काठमाडौँ - नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अस्पतालले संघका सम्पूर्ण सदस्य र परिवारजनको नियमित स्वास्थ्य परीक्षण गर्नेछ।
विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठ पर्वको अवसरमा राजधानीको कुलेश्वरस्थित स्टार दरबारमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संघ र एभरेष्ट अस्पताल बानेश्वरका प्रतिनिधि अविनाश झाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। यससँगै संघका सम्पूर्ण सदस्यहरूले नियमित स्वास्थ्य परीक्षण सुविधा प्राप्त गर्ने भएका छन्।
सदस्यहरूको जीवन तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र सलीको इन्सुरेन्स कम्पनीबीच संघका सदस्यलाई लक्षित बीमा सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको घोषणा पनि सो अवसरमा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रमेश कोइरालाले गरेका थिए भने प्रमुख अतिथि श्रीकृष्ण प्रसाद अधिकारी रहेका थिए । कानूनी सल्लाहकार रुद्र ढुङ्गेलले विशेष सम्बोधन गरिएकाे सो कार्यक्रम महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए । सम्बोधनका क्रममा सल्लाहकार ढुङ्गेलले स्वास्थ्य परीक्षण प्याकेज र बीमा सुविधासहित संघमार्फत आगामी दिनमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गरे। उनले संघभित्र पारदर्शिता, एकता र सहकार्यलाई बलियो बनाउँदै सदस्यहरूको हितमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष रमेश कोइरालाले सम्बोधनमा पर्वहरूले ल्याउने आपसी भाईचारा, सहकार्य र सामाजिक एकताको महत्व औंल्याउँदै संघलाई अझ मजबुत बनाउन सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताए ।
प्रमुख अतिथि अधिकारीले संघका सदस्यहरूले देशको आर्थिक क्षेत्रमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै अझ जिम्मेवारीपूर्वक अघि बढ्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संघका पदाधिकारीहरू, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एक-आपसमा शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक तथा सामाजिक मूल्य बोकेका पर्वहरूको सफलताको कामना गरेका थिए।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...