देशभर ५८ लाख ५० हजार भन्दा बढी सवारी साधन दर्ता

काठमाडौं - देशभरि दर्ता भएका सवारी साधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारी साधन दर्ता भएको देखिएको छ ।

देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । २०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७ सय २३ कार/जिप/ट्याक्सी रहेको विभागको तथ्याङ्क छ ।

नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ सय ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या उल्लेख्य वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार नेपालमा ७१ हजार ५ सय ७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबस/ट्रक संख्या ४१ हजार ९ सय ८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार १ सय १९ देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४ सय ८३ छ ।

त्यस्तै माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्याङ्क छ । दर्ता भएका ई–रिक्सा ७३ हजार ६ सय ६ र अन्य १७ हजार ८ सय ७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएको देखिएको छ ।

गत आव २०८१/८२ मा मात्र २ लाख ४२ हजार ४ सय ४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५ सय ८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २ सय ११ वटा थप भएका छन् ।

सम्बन्धित समाचारहरू

ट्राफिक सचेतना विशेष अभियान २०८१ शुरु, ऐन संशोधनमा गृहमन्त्री प्रतिबद्ध

ट्राफिक सचेतना विशेष अभियान २०८१ शुरु, ऐन संशोधनमा गृहमन्त्री प्रतिबद्ध

काठमाडौं – ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी...

नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द हुने

नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द...

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

काठमाडौँ – नेपालमा सडक दुर्घटनाले बालबालिकाको भविष्य खोस्दै गएको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...