कुनै समयमा खिल्ली उडाइएको कार अहिले सबैभन्दा लोकप्रिय
कुनै समय डब्बा गाडी भनेर खिल्ली उडाइएको मारुती सुजुकी वागनआर आज बिक्रीको...
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतिय कार ई–भिटारालाई युरोपेली बजारमा पठाउन थालेको छ । ई–भिटाराको पहिलो ब्याच १२ युरोपेली देशहरूमा पठाइएको कम्पनीले जनाएको छ ।
मारुती सुजुकीका अनुसार, गुजरातको पिपावाव बन्दरगाहबाट २ हजार ९०० भन्दा बढी युनिटहरू बेलायत, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, स्वीडेन, हंगेरी, आइसल्याण्ड, अस्ट्रिया र बेल्जियमका लागि पठाइएका हुन् ।
ई–भिटारा मारुती सुजुकीको गुजरात प्लान्टमा उत्पादन गरिएको पहिलो विद्युतीय मोडल हो । प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता मात्र एसेम्बली लाइनको उद्घाटन गरेका थिए । यस विद्युतीय एसयूभीलाई विश्वभरका १०० भन्दा बढी देशहरूमा निर्यात गर्ने कम्पनीको योजना छ ।

मारुति सुजुकी इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ हिसाशी ताकेउचीले भने, ‘युरोपमा ई–भिटाराको निर्यात सुरु हुनु हाम्रो लागि साँच्चै गर्व र परिभाषित क्षण हो । १०० भन्दा बढी देशका ग्राहकहरूलाई खुशी पार्न उत्पादन प्रविधि, डिजाइन, सुरक्षा र कार्यसम्पादनको हिसाबले साँच्चै विश्वस्तरीय हुनुपर्छ ।’
ई–भिटारालाई नेपालमा हालै सम्पन्न नाडा अटो शोमार्फत सार्बजनिक गरिएको थियो । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले यस एसयुभीको बिक्री छिट्टै थाल्ने तयारी गरेको छ ।
कुनै समय डब्बा गाडी भनेर खिल्ली उडाइएको मारुती सुजुकी वागनआर आज बिक्रीको...
मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६...
मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...