प्रधानमन्त्री मोदीले चढेका सी जिनपिङ र पुटिनका कारमा के छ विशेषता?

प्रधानमन्त्री नरेन्द्र मोदी हाल चीनको दुई दिने भ्रमणमा छन्। सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन पुगेका मोदीले चीनमा राष्ट्रपति सी जिनपिङको आधिकारिक कार होङकी एल–५ लिमोजिन प्रयोग गरिरहेका छन्। यसअघि २०१९ मा महाबलीपुरमको भ्रमणका क्रममा राष्ट्रपति सीले यही कारमा प्रधानमन्त्री मोदीसँग यात्रा गरेका थिए। यसपटक मोदीले त्यसै कारमा सवार भएर फेरि चर्चा बटुलेका छन्।

होङकी एल–५ चीनको सबैभन्दा विलासी र महँगो कार मानिन्छ। यसमा ६.० लिटर क्षमताको भी–१२ इन्जिन राखिएको छ, जसले ४०० हर्सपावरभन्दा बढी शक्ति दिन्छ। सो कारले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति जम्मा ८.५ सेकेन्डमै लिन सक्छ भने यसको अधिकतम गति २१० किलोमिटर प्रतिघण्टा हो। पाँच मिटरभन्दा लामो र तीन टनभन्दा बढी तौल भएको यो लिमोजिनभित्र लेदर अपहोल्स्ट्री, काठको सजावट, जेड सांस्कृतिक प्रतीकसहितका ठूला सिटहरू र भेन्टिलेसन सिस्टम जस्ता लक्जरी सुविधा छ । यसमा एडप्टिभ क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, ३६०–डिग्री क्यामेरा, बुलेटप्रुफ गिलास र आर्मर प्लेटिङ जस्ता उच्चस्तरीय सुरक्षा प्रविधि पनि उपलब्ध छ । यसको मूल्य करिब ११ कराेड रुपैयाँ पर्छ।

त्यसैगरी, प्रधानमन्त्री मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा उनले प्रयोग गर्ने ओरस सेनाट कारमा पनि यात्रा गरेका छन्। ओरस सेनाट रूसी कम्पनी ओरस मोटर्सले निर्माण गरेको हो ।

२०१८ मा पहिलो पटक प्रस्तुत गरिएको सो कार पुटिनको आधिकारिक कारका रूपमा प्रयोग हुन्छ। यसको डिजाइन सोभियत युगको जेडआईएस-११० लिमोजिनबाट प्रेरित छ। सेनाटमा ४.४ लिटर ट्विन टर्बोचार्ज्ड भी८ इन्जिन प्रयोग गरिएको छ, जसले ५९८ हर्सपावर शक्ति र ८८० एनएम टर्क दिन्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न करिब ९ सेकेन्ड लिन्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा हो। ५.६ मिटरभन्दा लामो र दुई मिटर चौडाइको सो लिमोजिन भित्र उच्च गुणस्तरको छालाको अपहोल्स्ट्री, काठको सजावट र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टमले सजिएको छ। यसमा एक्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ र इलेक्ट्रोनिक ट्राक्सन कन्ट्रोल जस्ता सेफ्‍टी प्रविधि पनि उपलब्ध छ। ओरस सेनाटको वार्षिक उत्पादन करिब १२० युनिट मात्र हुन्छ। यसको मूल्य करिब ३ करोड रुपैयाँ पर्छ।

सम्बन्धित समाचारहरू

हुम्ला-काठमाडौँ बस सेवा सुरु

हुम्ला-काठमाडौँ बस सेवा सुरु

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म...

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालको इँटा उद्योगसँग सहकार्य

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालको इँटा उद्योगसँग सहकार्य

काठमाडौं – नेपालमा जेसीबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...