इम्बोस्ड नम्बर प्लेट जडानका लागि तोकियो थप कार्यालय, तीव्रता दिने तयारीमा सरकार

काठमाडौं – विभिन्न कारणले चौतर्फी आलोचना भइरहेको र यो हाल अनिवार्य नभएको बताइए पनि सरकारले भने इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई तीव्रता दिने तयारी गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान कार्यलाई देशभर विस्तार गर्ने जनाएको छ।

विभागले विभिन्न प्रदेशका नौवटा कार्यालय तोकेर क्रमशः जडान गरिरहेको छ। विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका कार्यालयहरूमा नम्बर प्लेट जडान भइरहेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुना (साना ठुला सवारी), हेटौँडा, गुर्जुधारा (काठमाडौँ), पोखरा (कास्की), बुटवल (रुपन्देही), तुलसीपुर (दाङ), नेपालगञ्ज (बाँके), सुर्खेत र सवारी परीक्षण कार्यालय टेकुमा हालैदेखि जडान कार्य सञ्चालनमा छन्।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी र कञ्चनपुरमा भने ०८२ असोज १ गतेदेखि जडान कार्य सुरु हुने भएको छ। त्यस्तै, मधेश प्रदेशअन्तर्गत वीरगन्ज (पर्सा) र लहान (सिराहा) कार्यालयमा, बागमती प्रदेशअन्तर्गत चितवनमा, कोशी प्रदेशअन्तर्गत इटहरी (सुनसरी) र बिर्तामोड (झापा) कार्यालयमा पनि क्रमशः नम्बर प्लेट जडान सुरु हुने विभागले जनाएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेटको वारेमा विस्तृत जानकारी सहित यसका लागि तोकिएका कार्यालयहरुको सूची सहितको सूचना समेत सार्वजनिक गरेको छ ।

सरकारले यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउन इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने नीति लिएको छ। यसले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र डिजिटल प्रणालीमार्फत निगरानी गर्न सजिलो हुने विभागको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

‘राज्यको नीति स्पष्ट नहुँदा व्यवसाय गर्न कठिन भयो’ शशिकान्त अग्रवालको अन्तर्वार्ता

‘राज्यको नीति स्पष्ट नहुँदा व्यवसाय गर्न कठिन भयो’ शशिकान्त अग्रवालको अन्तर्वार्ता

टु ह्विलर स्पेयर पार्ट्सको व्यवसायमा छुट्टै पहिचान वनाएको कम्पनी हो...

सावधान : पानीको बोतल कार भित्र राख्दा गम्भीर दुर्घटना हुन सक्छ

सावधान : पानीको बोतल कार भित्र राख्दा गम्भीर दुर्घटना हुन सक्छ

हामी धेरैले सडकमा यात्रा गर्दा पानी प्यास लागेमा सहजताका लागि बोतलमा पानी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...