एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस५ ईभी, एमजी विन्डसर ईभी, र एमजी आइएम५ ईभी खरिद गर्दा विशेष सुविधा पाउनेछन्।

सो पर्व विशेष अफर अन्तर्गत ४ लाख रुपैयाँ सम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३ किलोवाट वा ७किलोवाट चार्जर लगायतका सुविधा पाइने छ ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ। पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनील ब. क्षेत्रीले भने, ‘पर्वहरू खुसी, एकता र उत्सवको समय हो। ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो।’

‘पाथ्स अफ स्माइल’ योजनाले नेपालमा एमजीको प्रिमियम, नविनतम र ग्राहक-केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ ।

एमजी (मोरिस ग्यारेज) एक ऐतिहासिक ब्रिटिश अटोमोटिभ ब्रान्ड हो, जसमा १०० वर्षको नवप्रवर्तन र प्रदर्शनको विरासत छ । नेपालमा, एमजी सवारी साधनहरू आधिकारिक रूपमा पारामाउन्ट मोटर्स प्रालिद्वारा वितरण गरिन्छ, जसले आधुनिक जीवनशैली अनुरूप विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनहरूको बढ्दो माग र विविधता प्रदानगर्दछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...