यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

काठमाडौं – नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चांगनको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ ।

नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

चांगन लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्छ जुन नेपालको सहरी सडकका लागि उपयुक्त छ । यसको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले लुमिनले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको भनाइ छ ।

चांगन लुमिनमा ३५ किलोवाटको मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिन्छ जसले दैनिक आवागमन र विकेन्ड यात्रालाई सहज बनाउँछ ।

डिसी फास्ट चार्जिङमार्फत लुमिनले ३० देखि ८० प्रतिशतसम्मको चार्ज मात्र ३५ मिनेटमा पुरा गर्नेछ जसले समयको बचत सुविधा दुवै प्रदान गर्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कारप्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् ।

सानो आकार हुँदा हुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली -याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितको आकर्षक इन्टेरियर दिइएको छ ।

साथै यसमा डुअल एअरब्याग, हाई स्ट्रेन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिङ सिस्टम, ईएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रुपेश भट्टले चांगन लुमिन रमाइलो सहरी यात्राका लागि तयार गरिएको र आधुनिक जीवनशैलीसँग ठ्याक्कै मिल्ने गरी स्मार्ट बनाइएको बताए।

नेपाली बजारमा चांगन लुमिनको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी...

सिंगल चार्जमा एक हजार किमी चल्ने इलेक्ट्रिक कार चीनमा सार्वजनिक, टेस्लासँग प्रतिस्पर्धा गर्ने

सिंगल चार्जमा एक हजार किमी चल्ने इलेक्ट्रिक कार चीनमा सार्वजनिक, टेस्लासँग प्रतिस्पर्धा गर्ने

राम्रो ब्याट्री रेन्ज भएका इलेक्ट्रिक कारको माग विश्वव्यापी रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...