सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको ईभी ई-भिटारा नाडा अटो शो २०२५ मा प्रदर्शनी गरेको छ।

यसका साथै सो अटो शोमा दशैं तिहार भरीका लागि लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पीएमएस पाट्र्स, २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एसेसरिजहरु पाउन सक्ने छन् ।

कम्पनीले नाडा अटो शो लक्षित गरि शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्ने छन् । यसका साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।

सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी ई–भिटारा सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ। विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी डीएनएको उत्कृष्ट सम्मिश्रणको ई–भिटारा नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको बताएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ।

ईभी उत्कृष्टताको लागि निर्मित
सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक अर्थात बीईभी नयाँ हार्टेक्ट प्लेटफर्ममा आधारित छ । जसले उत्कृष्ट पर्फर्मेन्स, आरामदायी यात्रा र सुरक्षा प्रदान गर्छ। २,७०० एमएम ह्विलबेस र ५.२ मिटर टर्निङ रेडियस, अधिक स्पेस र आरामदायी यात्राको लागि फ्ल्याट–फ्लोर डिजाइन, इमोसनल भर्सटाइल क्रुजर अवधारणामा आधारित दमदार एसयूभी स्टाइलिङ, १८ इन्च एयरोडाइनामिक अलोय ह्विल्स सहितको सो ईभीमा स्मार्ट ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिट र ४९ तथा ६१ किलोवाट आवरको ब्याट्री विकल्प उपलब्ध छ, जसले ५०० किमी भन्दा बढीको रेन्ज दिने कम्पनीको भनाइ छ । यसले चरम तापक्रममा पनि स्थिर प्रदर्शन दिने थर्मल म्यानेजमेन्ट सिस्टम उपलब्ध छ ।

भविष्यवादी डिजाइन, प्रिमियम अनुभव
यसमा डिजिटल ककपिट र प्रिमियम फ्लोटिङ कन्सोल, १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट्स, प्यानोरामिक सनरुफ र मल्टिकोलर एम्बिएन्ट लाइटिङ, १०.१ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल डिस्प्ले र इन्फिनिटी बाई हर्मन साउन्ड उपलब्ध छ ।

उन्नत प्रविधि र सुरक्षा
माइनस ३० डिग्री देखि प्लस ६० डिग्री सम्म परीक्षण गरिएको विश्वसनीयता, ५० प्रतिशत भन्दा बढी हाई–टेन्साइल स्टिल संरचना, लेभल २ एडास, ७ एयरब्याग, सबै पांग्रामा डिस्क ब्रेक, अझ लामो ड्राइभिङ रेन्जका लागि एडेप्टिभ ग्रिल शटर जस्ता विशेषता यसमा रहेका छन् ।

कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ। सुजुकीले ई–भिटाराको लन्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा बीईभी (ब्याट्री इलेक्ट्रिक), एचईभी (हाइब्रिड), सीएनजी र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...