नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने तयारी पूरा गरेको जनाएको छ । आगामी भाद्र ३ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा फोटोनले आफ्नो दुई प्रमुख स्टलमार्फत नयाँ मोडल र प्रविधि प्रस्तुत गर्नेछ ।

यस वर्षको विशेष आकर्षणमा फोटोनको स्टलमा राखिने युनिट्री ह्युमनोइड रोबोट पर्छ, जससँग आगन्तुकहरूले प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको अद्भुत क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्।

स्टल नम्बर ए७ मा फोटोन टुनल्यान्ड पिकअप प्रदर्शन गरिनेछ, जसले २३ दिनमै देशका ८ वटा चुनौतीपूर्ण अफरोड गन्तव्य सफलतापूर्वक पार गरेर इतिहास रचेको छ । शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सनसहितको टुनल्यान्ड पिकअप व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि उपयुक्त मानिन्छ । यसमा प्रमुख मोडल टुनल्यान्ड जी७ डिजेल सहित टुनल्यान्ड सिरिजका दुई नयाँ मोडलको पहिलो झलक पनि दर्शकले पाउनेछन् ।

स्टल जे४ मा फोटोनले आफ्नो माउन्टेन ईभी र टीएम१ मोडलहरू प्रदर्शन गर्नेछ। स्टल जे६ मा सोकोनको विद्युतीय भ्यान प्रस्तुत गरिनेछ, जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि अत्यन्त व्यावहारिक समाधान हो। नेपालमा बढ्दो ग्रीन ट्रान्सपोर्टको मागलाई मध्यनजर गर्दै यी मोडलहरू शहरी तथा आसपासका क्षेत्रमा यात्राका लागि उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएका छन्।

नाडा अटो शो आगन्तुकका लागि नयाँ मोडल नजिकबाट हेर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्ने, र त्यहीँबाट विशेष अफर तथा वित्तीय सुविधा प्राप्त गर्ने उत्कृष्ट अवसर हो। फोटोनले सबै अटोप्रेमीलाई आफ्नो स्टलमा भिजिट गर्न आग्रह गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...