होन्डाले ल्यायो एक्टिभा र एसपी १२५ को २५ औं एनिभर्सरी एडिसन

होन्डा मोटरसाइकल एण्ड स्कूटर इन्डियाले एक्टिभा ११०, एक्टिभा १२५ र साइन एसपी १२५ को २५ औं वार्षिकोत्सव संस्करण लन्च गरेको छ ।

एक्टिभा ११० र एक्टिभा १२५ दुबै स्कुटर विशेष ग्राफिक्स, कालो क्रोम ट्रिम र पाइराइट ब्राउन मेटालिक अलोय ह्वीलका साथ आएको हो । पर्ल साइरन ब्लू र म्याट स्टील ब्ल्याक मेटालिक कालो वा क्याफे–ब्राउन सिट दिइएको यी स्कुटरमो मूल्य क्रमशः रु ९२ हजार ५६५ र रु ९७ हजार २७० भारु राखिएको छ ।

यी स्कुटरको इन्जिन र मेकानिकल पक्षमा कुनै परिवर्तन गरिएको छैन । जसअनुसार एक्टिभा ११० मा उहि पुरानै, १०९.५१ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ भने, एक्टिभा १२५ मा १२३.९२ सीसी सिंगल–सिलिन्डर युनिट राखिएको छ ।

त्यसैगरी अर्को नयाँ संस्करण साइन एसपी १२५ मा पनि केही कम्मेटिक अपडेट बाहेक इन्जिन र फिचरमा कुनै परिवर्तन गरिएको छैन । बाइकमा विशेष ग्राफिक्स र पाइराइट ब्राउन मेटालिक अलोय ह्वील राखिएको छ ।

यो १२३.९४ सीसी, सिंगल–सिलिन्डर, एयर–कूल्ड इन्जिन जडान गरिएको यस मोटरसाइकलको मूल्य १ लाख २ हजार भारु निर्धारुण गरिएको छ ।

सम्बन्धित समाचारहरू

‘होन्डा अल न्यु सीआर–भी’ को नेपाली बजारमा बिक्री सुरु, यस्तो छ विशेषता

‘होन्डा अल न्यु सीआर–भी’ को नेपाली बजारमा बिक्री सुरु, यस्तो छ विशेषता

काठमाडौं – होन्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

काठमाडौं – एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा भित्रिएको छ ।...

होन्डा अमेजलाई भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

होन्डा अमेजलाई भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

होन्डा अमेजले भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...