बीवाईडी एट्टो १ किन्ने विचार छ ? कति पर्ला मासिक किस्ता ?

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले हालै नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार एट्टो १ उपलब्ध गराएको छ । बीवाईडी सिगल समेत भनिने सो ईभीलाई अन्तर्राष्ट्रिय बजारमा डल्फिन मिनी र डल्फिन सर्फ समेत भनिन्छ ।

नेपाली बजारमा एट्टो १ दुई भेरिएन्टमा उपलब्ध छ । त्यसमध्ये डाइनामिक मोडलको मूल्य २८ लाख ९५ हजार रूपैयाँ छ भने प्रिमियम मोडलको मूल्य ३२ लाख ९९ हजार छ । यस मध्ये डाइनामिक मोडल किन्न चाहने ग्राहकले सुरुमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट बापत जम्मा गर्नुपर्ने हुन्छ ।

त्यसपछि मासिक २६ हजार ६५० रुपैयाँ किस्ता तिर्नेगरी सो ईभी खरिद गर्न सकिन्छ । गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको कारण एट्टो १ को इन्ट्री भेरिएन्टको लागि १७ लाख ३७ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिनु पर्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले यसका लागि आवश्यक कर्जा उपलब्ध गराउन सक्छन् ।

‘विश्व कार पुरस्कार’ जितेको बीवाईडीको यो मोडल अहिलेसम्म १० लाखभन्दा बढी बिक्री भइसकेको छ । हालै काठमाडौंमा सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा कार बुकिङ गर्नेहरूलाई नगद छुट, एक वर्षको अटो बिमा, ३.३ किलोवाटको होम चार्जर र १० वर्षको निःशुल्क बीवाईडी एप सुविधा दिइएको थियो ।

एट्टो १ डाइनामिकमा ३० किलोवाट आवरको ब्याट्री हुन्छ। यो ब्याट्री फुल चार्ज गरेपछि २३० किलोमिटर यात्रा गर्न पुग्छ। बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीको भनाइ छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले...

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...