एनआईयूले नेपाल ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर र मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– एनआईयूले नाइमा मोबिलिटी एक्सपोमा दुई नयाँ इलेक्ट्रिक बाइक लन्च गरेको छ । एनआईयूको नेपालका लागि आधिकारिक वितरक इन्फिनिटी नेपालले एफक्यूआई ३०० मोडलको स्कुटर र आरक्यूआई मोडलको इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको हो ।

कम्पनीले नेपाल ल्याएको एफक्यूआई ३०० शक्तिशाली र प्रिमियम डिजाइन भएको आधुनिक स्कुटर हो । यस स्कुटरमा ७२ भोल्ट २८ एम्पियर आवर क्षमताको दुईवटा ब्याट्री प्याक जडान गरिएको छ । सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको एफक्यूआई ३०० लाई ८८ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

यस स्कुटरमा एनआईयू स्मार्ट एप मार्फत जीपीएस, क्लाउड कनेक्टिभिटी र डाइग्नोटिक्सल लगायत सुबिधा प्रयोग गर्न सकिन्छ । स्पोर्टी डिजाइनमा तयार पारिएको यस स्कुटरमा बोल्ड देखिने एलईडी म्याट्रिक्स लाइट जडान गरिएको छ । स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले ल्याएको अर्को नयाँ मोडल आरक्यूआईमा उच्च पर्फमेन्सयुक्त डुअल ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा १८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यस मोटरसाइकललाई १६० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

नयाँ पुस्ताका राइडरलाई लक्षित गरी प्रिमियम डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा स्मार्ट कनेक्टिभिटीका लागि एआई, जिपिएस र एन्टि थेप्ट जस्ता सुबिधा दिइएको छ । यस मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख...

‘सेल्फ–हिलिङ पेन्ट’ देखि एडास फिचरसम्मः नेपाल आएको ‘ओरा ५’ ईभीमा के छ त्यस्तो खास?

‘सेल्फ–हिलिङ पेन्ट’ देखि एडास फिचरसम्मः नेपाल आएको ‘ओरा ५’ ईभीमा के छ त्यस्तो खास?

ग्रेटवाल मोटर (जीडब्लूएम को नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स...

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...