अब युरो ६ वाहेकका चारपांग्रे गाडी आयात गर्न नपाइने, आयो राष्ट्र बैंकको निर्देशन

काठमाडौँ - नेपालमा युरो ६ बाहेकका चार पांग्रे गाडी आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् । सरकारले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गरेसँगै नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्ने व्यवस्थामा सोही मापदण्ड अनुसारको व्यवस्था गरेको हो । ‘रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन,’ राष्ट्र बैंकले निर्देशनमा भनिएको छ ।

वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेदेखि दुईपाँग्रेमा युरो ५ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू गरेको थियो । राष्ट्र बैंकले यसअघि नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसारका गाडी आयातमा अनुमति दिँदै आएको थियो ।

नयाँ एकीकृत परिपत्रको ‘क’ प्रावधान अनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारिक बिक्रेताले मात्रै आयात गर्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै ‘ख’ प्रावधान अनुसार नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ विपरित रहेका रिकण्डिसन र प्रयोग भइसकेका ढुवानीका सवारी साधनका साथै अन्य सवारी साधन आयात गर्न प्रतिवन्ध लगाइएको छ ।

तर सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीको साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी हुने स्कुटरको हकमा ‘क’ प्रावधान अनुसारको व्यवस्था लागू नहुने व्यवस्था गरिएको छ ।

यस्तै दमकल(बारुणयन्त्र) पैठारी गर्दा पनि ‘क’ र ‘ख’ को प्रावधान लागू नहुने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसारको एम्बुलेन्स र शीर्षक नम्बर ८७.०१ अन्तर्गत पर्ने ट्रयाक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी पैठारी गर्दा ‘क’ अनुसारको प्रावधान लागू हुने छैन ।

त्यस्तै नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी पैठारी हुने सवारीको हकमा नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ भित्र पर्ने साधनको हकमा ‘क’ अन्तर्गतको प्रावधान लागू हुने छैन ।

त्यसैगरी सरकारको निर्णयबाट पूर्ण वा आँशिक भन्सार महसुल छुट दिइएको व्यक्ति वा संस्था वा निकायले सवारी साधन निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरी पैठारी गर्दा ‘क’ अनुसारको प्रावधान लागू नहुने पनि व्यवस्था गरिएको छ ।

बैंकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सडकमा नचल्ने वा दर्ता गराउन नपर्नेको हकमा यो नयाँ दफा १.१९ अनुसारको व्यवस्था लागू नहुने जनाएको छ ।

सम्बन्धित समाचारहरू

सावधान ! गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? शरीरलाई विस्तारै विषाक्त बनाउन सक्छ

सावधान ! गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? शरीरलाई विस्तारै विषाक्त बनाउन सक्छ

लामो समय सम्म गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? अवश्य पनि छ होला ।...

गर्मी सकिदै छ, ड्राइभिङ अनुभव राम्रो बनाउन यसो गर्नुस्

गर्मी सकिदै छ, ड्राइभिङ अनुभव राम्रो बनाउन यसो गर्नुस्

लगभग मनसुन सुरु भैसकेको छ र गर्मीयाम सकिन लागेको छ । मनसुनमा यात्रा गर्दा...

नागरिक एपमा पुनः उपलब्ध भयाे ड्राइभिङ लाइसेन्स

नागरिक एपमा पुनः उपलब्ध भयाे ड्राइभिङ लाइसेन्स

काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...