महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा महिन्द्राका नयाँ ईभी बीई६ र एक्सईभी ९ई प्रदर्शन गरिएका छन् । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपाली बजारमा पहिलो पटक यी गाडी सार्वजनिक गरेको हो ।

बीई६ को मूल्य ५७ लाख र एक्सईभी ९ईको मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले भन्सार प्रयोजनका लागि तोकिएको मूल्य भन्दा यो मूल्य निकै नै कम हो ।

महिन्द्राका यी दुई ईभीले हाल निकै नै चर्चा पाएका छन् । भारतीय बजारमा निकै नै रुचाइएका यी मोडल नेपाली बजारमा पनि धेरैको रोजाइमा पर्ने अनुमान गरिएको छ । दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी ९ईको एउटा भेरिएन्टमा १९९ किलोवाटको मोटर छ ।

कम्पनीले सो दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ । यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ । यसलाई १७५ किलोवाटको चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

एक्सईभी ९ई र बीई ६ को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। बीई ६ ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ । महिन्द्राका यी दुवै इलेक्ट्रिक एसयूभीमा लाइफटाइम ब्याट्री वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार कि बिग्रदो हाइवे र चालक सचेतनाको कमी ?

विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार कि बिग्रदो हाइवे र चालक सचेतनाको कमी ?

हाल नेपालमा विद्युतीय भ्यानको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक,...

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाले सार्वजनिक गर्ने तयारी गरिरहेको पहिलो इलेक्ट्रिक कार इनायक आइभी...

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध

विद्युतीय गाडी (ईभी) को मुटु मानिने ब्याट्री केवल ऊर्जाको स्रोतमात्र नभई,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...