नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले सो नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

१ हजार ८०० वर्ग फुटमा फैलिएको यो–स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्नेगरी तयार गरिएको छ, जहाँ शोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा, विशेष सर्भिस सेन्टर अन्तरक्रियात्मक उत्पादन प्रदर्शन, ईभी विशेषज्ञसँग परामर्श, लाइभ चार्जिङ डेमो, लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरण अनुकूल लाइटिङ र डिजिटल इन्टरफेस लगायत सुबिधा उपलब्ध हुनेछ ।

कम्पनिका अनुसार, यस एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र नभई सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्री पछिको सेवा समेत सुनिश्चित गर्दछ । चेतक ब्रान्डको प्रिमियमनेस लाईभ झल्काउने गरी तयार पारिएको उक्त जोनले नेपालमा मोबिलटीको परिभाषा नै परिवर्तन गर्न सक्ने कम्पनीको भनाई छ ।

एक्सपेरियन्स जोनको उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘योे विशेष शोरूम हाम्रो ग्राहकहरूको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतितबद्धताको प्रतिविम्ब हो । हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक ईभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन र दिगो भविष्य प्रतिको वाचा महसुस गर्न सकुन् ।’

नेपालमा हालै लन्च भएको चेतक स्कुटरमा ३५ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ । यसबाट नेपालका सहरी तथा सहरोन्मुख सबै स्थानका लागि यो स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । त्यसैगरी यसलाई फास्ट चार्जिङ टेक्नोलोजीमार्फत शून्य देखि ८० प्रतिशत सम्म ३ घण्टामै चार्ज गर्न सकिन्छ ।

बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटरमा भएको फुल–मेटल बडी र आईपी ६७ रेटेड वाटर रेजिस्टेन्सका कारण नेपालको विविध मौसमका लागि उपयुक्त छ । यसमा भएको अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण यो सेगमेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज यसमा रहेको छ । यसका कारण स्पेस र कम्फर्ट दुवै दृष्टिकोणले सहज भएको छ ।

यसमा उपलब्ध हुने विभिन्न टेकप्याकलाई प्रयोग गरेर इन्टेलिजेन्ट फिचर अनलक गर्न सकिन्छ । यसमा इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज र कल ह्यान्डलिङ सहितको स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल रहेको छ ।

त्यसैगरी रिमोट इम्मोबिलाइजेसन, गाइड–मी–होम लाइट्स, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट प्रोटेक्सन र एक्सिडेन्ट डिटेक्सन लगायतका एड्भान्स्ड सेफ्टी टेक्नोलोजीको प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर...

बेलायतमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

बेलायतमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

चांगान अटोमोबाइलले बेलायतमा आफ्नो न्यु इनर्जी भेइकल ब्रान्ड दिपल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...