नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने

काठमाडौं– नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्रान्ड बिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।

यसैबिच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स५ सिरिज नेपाल भित्रिएको छ ।

जिलीको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले विशेषगरी नाडा अटो शो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्स भित्र्याएसँगै उत्पादनको छोटो समयभित्रै विश्वब्यापीरुपमा चर्चा बटुल्न सफल गाडीहरुमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो । उसो त नेपाली बजारमा प्रवेश गर्नुअघि नै नेपाली अटोमोबाइल पारखीहरुले यी गाडीहरुबारे चासो समेत राख्न थालिसकेका थिए ।

नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् । यी दुवै मोडलमा ६०.२ किलोवाट प्रतिघण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको छ । यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै भएको कम्पनीको भनाइ छ । साथै आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरुको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमीसम्म वारेन्टी समेत दिएको जनाएको छ ।

यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी प्रतिघण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । यसमा सीएलटीसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

आकर्षक डिजाइन र इन्टेरियर
जिली ईएक्स५ श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा फाइभ रो सिट रहेको छ ।

ईएक्स५ मा थप रूपमा हेडअप डिस्प्लेका साथै हिटिङ, भेन्टिलेटेड र मसाजिङ क्षमतायुक्त आरामदायी सिटको साथै फ्लाईमीको साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ ।

अत्याधुनिक प्रविधि र आकर्षक मूल्य
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल असिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् ।

साथै, जिलीले आफ्नै विकसित स्मार्ट ककपिट अपरेटिङ सिस्टम प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ । ईएक्स५ प्रो र ईएक्स५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।

नेपाली बजारका लागि ईएक्स५ प्रो को मूल्य ५८ लाख रुपैयाँ तोकिएको छ भने ईएक्स५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापि, नेपाली उपाभोक्ताको अवस्था र रुचिलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ समेत प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा शाओमी वाईयू७ इलेक्ट्रिक एसयूभी, ३ मिनेटमै २ लाख युनिट बुकिङ,  ८३५ किमी रेन्ज

चर्चामा शाओमी वाईयू७ इलेक्ट्रिक एसयूभी, ३ मिनेटमै २ लाख युनिट बुकिङ, ८३५ किमी रेन्ज

चीनको स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार...

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

लन्च भएको छोटो समयमै नेपाली सडकमा गुड्न थाले १५१ भन्दा बढी ओमोडा गाडी

लन्च भएको छोटो समयमै नेपाली सडकमा गुड्न थाले १५१ भन्दा बढी ओमोडा गाडी

काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...