होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–होन्डाले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर क्यूसी३ बजारमा...
होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ। कम्पनीले सेप्टेम्बर २ मा सो बाइक लन्च गर्ने योजना बनाएको हो। यसबारे कम्पनीले सामाजिक सञ्जालमार्फत टिजर भिडियो सार्वजनिक गरिसकेको छ ।
कम्पनीले ल्याउन लागेको नयाँ बाइक गत वर्ष देखाइएको ईभी फन कन्सेप्टमा आधारित देखिन्छ। कम्पनीले उक्त बाइकले लगभग ५०० सीसी क्षमताको पेट्रोल बाइकसरहको प्रदर्शन दिने दाबी गरेको छ । यसले करिब ५० बीएचपी पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ। इलेक्ट्रिक सवारी भएकाले यसको टर्क पनि निकै प्रभावशाली हुने अनुमान गरिएको छ।
बाइकमा डिजिटल टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, डेटाइम रनिङ लाइट, क्लिप-अन स्टाइल ह्यान्डलबार, बार-एन्ड मिरर र सिंगल साइडेड स्विङ आर्म जस्ता फिचर हुनेछ । यसको राइडिङ पोजिसन सामान्य भए तापनि बाइकलाई स्पोर्टी लुक दिइएको छ।
साथै सो बाइकमा सीसीएस२ चार्जिङ सपोर्ट पनि हुनेछ, जसको अर्थ यसले कार सरह फास्ट चार्जिङ सुविधा पाउनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...