सीएफमोटोले ल्यायो नयाँ रेट्रो-स्टाइल स्कुटर १५० औरा, आधुनिक सुविधाको भरपूर संयोजन

सीएफमोटोले नयाँ रेट्रो लुकसहितको स्कुटर सीएफमोटो १५० औरा सार्वजनिक गरेको छ । सो स्कुटरमा १९६० को दशकको डिजाइन शैली प्रस्तुत गरेको छ । यसको डिजाइन रेट्रो भए पनि यसमा अत्याधुनिक र प्रिमियम प्रविधि जडान गरिएको छ।

१५० औरा स्कुटरको डिजाइन गोलाकार एलईडी हेडल्याम्प, समतल सिट र घुमाउरो बडी प्यानल सहित ल्याम्ब्रेटा भी२०० वा कीवे सिक्सटीज ३००आईसँग मिल्दोजुल्दो देखिन्छ। स्कुटरले आफ्नो विगतको झल्को दिने लुकलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै आकर्षक उपस्थिति दिन सफल भएको छ।

यसमा १५० सीसीको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १५.८ बीएचपीको पावर र १४.३ एनएमको टर्क उत्पादन गर्छ। स्कुटरको कुल तौल १३२ किलोग्राम रहेको छ भने यसमा १२ इन्चको अलोय ह्विल दिइएको छ । ब्रेकिङको लागि अगाडि र पछाडि दुवैमा डिस्क ब्रेक राखिएको छ, जसमा ड्युअल च्यानल एबीएस सुविधा पनि उपलब्ध छ।

पुरानो लुक भएको भए पनि यसमा ६.२ इन्चको टीएफटी डिजिटल डिस्प्ले, टायर प्रेसर मोनिटरिङ सिस्टम, एनएफसी प्रविधिमार्फत किलेस इग्निशन र फास्ट चार्जिङ पोर्टजस्ता प्रिमियम सुविधा उपलब्ध गराएको छ । साथै, यसले मोटोप्ले प्लेटफर्म प्रयोग गरेर नेटिभ एक्सन क्यामेरा जडान र फुल-स्क्रिन नेभिगेसन जस्ता स्मार्ट फिचर पनि सपोर्ट गर्छ।

सो स्कुटर चीनमा ११ हजार ९८० युआनमा लन्च गरिएको छ। सो स्कुटर नेपालमा समेत भविष्यमा उपलब्ध हुन सक्छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

काठमाडौं– विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले...

१८५ थान मोटरसाइकल लिलाम गर्दै जनकपुर भन्सार, मूल्य १२ हजार देखि माथि

१८५ थान मोटरसाइकल लिलाम गर्दै जनकपुर भन्सार, मूल्य १२ हजार देखि माथि

जनकपुर भन्सार कार्यालयले १८५ थान मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने...

ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससीको बुकिङ खुला, मूल्य कति ?

ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससीको बुकिङ खुला, मूल्य कति ?

काठमाडौं–ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...