ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

काठमाडौँ - नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३०० मिटर उचाईमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। यो कीर्तिमानी यात्रा नेपाल एट्थ वन्डर टोलीले नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होन्डा डिओ १२५ स्कुटर मार्फत सम्पन्न गरेको हो।

शहरी यात्राका लागि निर्मित स्कुटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नयाँ रुपमा परिभाषित गरिदिएको कम्पनीको भनाइ छ। काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तरापहुँदै ज्याङलापास सम्म पुगेको यो मार्ग सहज थिएन। इात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होन्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्या विना यो यात्रा सम्पन्न गरेको बताइएको छ ।

यस असाधारण सफलता, स्कुटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस)लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्थ वन्डरले जनाएको छ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कुटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो । टोलीको भनाइ छ, ‘यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन ।’ उनका अनुसार यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ। होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको छ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

नेपाली बजारमा लोकप्रिय मानिने होन्डाको स्कुटर ‘डियो’ को मूल्य करिब ११...

नयाँ डिजाइन र एड्भान्स फिचरले सुसज्जित नयाँ होन्डा अमेज लन्चिङ हुनु अगावै सार्वजनिक

नयाँ डिजाइन र एड्भान्स फिचरले सुसज्जित नयाँ होन्डा अमेज लन्चिङ हुनु अगावै सार्वजनिक

होन्डाले डिसेम्बर ४ मा नयाँ अमेज एसयूभी लन्च गर्ने भएको छ । सो एसयूभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...