टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई खरिद गर्ने भएको छ । ४.५ अर्ब डलरको यो सम्झौता भारतीय अटोमोबाइल क्षेत्रमै कोरस पछिको दोस्रो ठूलो अधिग्रहण भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार, यस सम्झौतालई अन्तिम रुप दिन टाटा मोटर्स र इभेकले आज बोर्ड बैठक गर्दैछन् । टाटा मोटर्सले एग्नेली परिवारको लगानी रहेको कम्पनी एक्सोरबाट २७.१ प्रतिशत सेयर किन्ने तयारी गरेको हो ।

इभेकोले हालै कम्पनीलाई बचाउन आफ्ना व्यावसायिक यूनिटलाई अलग–अलग रुपमा बिक्री गर्ने योजनाको पुष्टि गरेको थियो । यसका लागि उसले विभिन्न पक्षहरूसँग निरन्तर बार्ता गर्दै आएको थियो ।

‘कम्पनीको निर्देशक बोर्ड यी सम्भावित लेनदेनहरूको सबै पक्षहरूको सावधानीपूर्वक समीक्षा र मूल्याङ्कन गर्ने प्रक्रियामा छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्भावित अधिग्रहणबारे समाचार बाहिरिएसँगै इभेकोको शेयर मंगलबार ७.४ प्रतिशतले बढेको थियो । यद्यपि, बीएसईमा टाटा मोटर्सको शेयर मूल्य भने ३.९ प्रतिशतले घटेर ६६५.४५ भारुमा झरेको छ ।

सम्बन्धित समाचारहरू

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले देशका १०...

एमजी ईभीको बिक्री २०० प्रतिशत हाराहारीले बृद्धि, पुग्यो टाटा ईभीको नजिक

एमजी ईभीको बिक्री २०० प्रतिशत हाराहारीले बृद्धि, पुग्यो टाटा ईभीको नजिक

टाटा मोटर्स हाल भारतको अग्रणी इलेक्ट्रिक कार निर्माता हो । कम्पनीको...

नयाँ नाम सहित ११ ट्रिममा आउने भयो नेक्सन फेसलिफ्ट

नयाँ नाम सहित ११ ट्रिममा आउने भयो नेक्सन फेसलिफ्ट

टाटा मोटर्सको सर्बाधिक लोकप्रिय एसयूभी नेक्सन फेसलिफ्ट सेप्टेम्वरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...