युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय
युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...
काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल ब्रान्ड सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन् ।
साउन २१ देखि सुरु हुने उक्त एक्सपोमा वेबर ग्रुप अन्तर्गतको ब्लु कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान लन्च गर्ने भएको हो । कम्पनीले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले नेपाल ल्याएको यू १ र यू २ इलेक्ट्रिक भ्यानमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ । १५ इन्चको ह्विल रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् ।
सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ ।
कम्पनीले यी इलेक्ट्रिक भ्यानसँग ३.३ किलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ ।
युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...
काठमाडौँ – नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ...
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...