एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ। त्यसमध्ये दुई लोकप्रिय सुविधा हुन् एन्ड्रोइड अटो र एप्पल कारप्ले। यी सुविधा कारको इन्फोटेनमेन्ट सिस्टमसँग सम्बन्धित छ, जसले कार चलाउने अनुभवलाई अझ स्मार्ट, सुरक्षित र मनोरञ्जनात्मक बनाउँछ।

एन्ड्रोइड अटो गुगलले तयार पारेको एक डिजिटल प्लेटफर्म हो, जसले एन्ड्रोइड स्मार्टफोनलाई कारको इन्फोटेनमेन्ट सिस्टमसँग जडान गर्छ। एक पटक फोन जडान भएपछि, कारको स्क्रिनमा फोनका विभिन्न एप प्रयोग गर्न सकिन्छ। गुगल म्याप, स्पोर्टीफाई, युट्युब म्युजिक वा गीत जस्ता एपको प्रयोग सहज हुन्छ। साथै, गुगल असिस्टको सहयोगमा ड्राइभरले आवाजमार्फतै कल गर्न, सन्देश पठाउन, गीत बजाउन वा नेभिगेसन निर्देशन प्राप्त गर्न सक्छन्। यसमा केवल “हे गुगल” जस्तो आदेश दिएर धेरै कार्य गर्न सकिन्छ ।

एप्पल कारप्ले एप्पल कम्पनीले आईफोन प्रयोगकर्ताका लागि डिजाइन गरेको सुविधा हो। यसको प्रयोग विधि र उद्देश्य एन्ड्रोइड अटो जस्तै हो। यसले पनि आईफोनलाई कारको स्क्रिनमा प्रतिबिम्बित गर्छ, जसबाट आईओएस एप प्रयोग गर्न सकिन्छ। यसमा एप्पल म्याप, एप्पल म्युजिक, पोडकास्ट जस्ता एप चलाउन सकिन्छ ।

दुवै सिस्टमले कार र मोबाइलबीचको समन्वयलाई सहज बनाउँछ, जसले यात्रालाई सुरक्षित र रमाइलो बनाउँछ। अबका आधुनिक कारमा यी सुविधा हुनुलाई लक्जरी होइन, आवश्यकताको रूपमा हेरिन थालिएको छ। त्यसैले, नयाँ कार किन्दा एन्ड्रोइड अटो वा एप्पल कारप्ले जडित कार रोज्दा यात्रालाई प्रविधिसँग जोडेर अझ सहज र सुरक्षित बनाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

आउने भयो हस्कभर्नाको नयाँ स्कुटर भेक्टर, यस्तो हुनेछ फिचर

आउने भयो हस्कभर्नाको नयाँ स्कुटर भेक्टर, यस्तो हुनेछ फिचर

स्वीडिस कम्पनी हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको...

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी यसै साता सार्वजनिक हुँदै

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी यसै साता सार्वजनिक हुँदै

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...