एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी)का लागि नेपाली खेलाडी छनौट
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)द्वारा आयोजित बाग्मती...
विश्व प्रख्यात मोटरसाइकल रेस मोटोजीपी अर्को वर्षपनि भारतमा आयोजना नहुने भएको छ । रेस आयोजकले २०२६ सिजनको लागि जारी गरेको क्यालेन्डरमा उक्त रेस नसमेटिएपछि भारतिय ग्रान्ड प्रिक्स हुने संभावना टरेको हो ।
भारतले सन् २०२३ मा पहिलोपटक बुद्ध अन्तर्राष्ट्रिय सर्किटमा मोटोजीपी रेस आयोजना गरेको थियो । भारत जीपी २०२४ क्यालेन्डरको हिस्सा थियो तर मौसमको कारण देखाई रद्द गरिएको उक्त रेस मार्च २०२५ मा आयोजना हुने भनिएको थियो । यस वर्षको रेसमा पनि समस्या आएको भन्दै रद्द गरिएको थियो र २०२६ मा हुने घोषणा गरिएको थियो ।
‘मोटोजीपी र इन्भेस्टअप दुवैले मोटोजीपीलाई विश्वस्तरीय कार्यक्रमको साथ बुद्ध अन्तर्राष्ट्रिय सर्किटमा फिर्ता ल्याउन कडा मेहनत गरिरहेका छन् । भारतलाई विश्वव्यापी खेलकुद कार्यक्रमहरूको गन्तव्यको रूपमा पुष्टि गर्न हाम्रो प्रतिबद्ध कायमै छ’ आयोजकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा मोटोजीपी रेस आयोजना भएको २ वर्ष वितिसक्दा पनि ग्लोबल आयोजक डोर्ना र स्थानीय आयोजकहरूले अझै पनि सञ्चालन समस्याहरू समाधान गर्न सकेका छैनन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...