इलेक्ट्रिक गाडीको कारोबारमा लक्ष्मी ग्रुपको अर्को पहल, नाईमा एक्सपोमार्फत फरथिङ ब्रान्ड लन्च गर्दै

काठमाडौं — नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड फरथिङलाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ ।

नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ । फरथिङको पहिलो मोडल नेपाली बजारमा साउन २१ देखि२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मार्फत सार्वजनिक गरिनेछ ।

लक्ष्मी ग्रुप —सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो । लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थिति विस्तार गर्दै हुन्डाई, बिएमडब्लु, केई र एसएमएल जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दै आएको छ । अब यसै यात्रामा फरथिङ पनि थपिन लागेको हो ।

सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेंब्ली प्लान्ट ‘लक्ष्मी मोटर कर्पोरेसन’ सञ्चालनमा ल्याएको छ । हुन्डाई गाडीहरूका लागि बनाइएको यो अत्याधुनिक एसेम्वली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ ।

लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्ने पहिलो नेपाली समूह बनेको छ । त्यसैगरी, ग्राहकको सहजता र ईभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले री–ल्याक्स नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्क र रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ ।

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फरथिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गर्दैछ । यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ ।

६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर पावरसहितको यो एसयूभी ले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्नसक्ने अनुमान गरिएको छ । यो एसयूभी सहर भित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त विकल्प बन्ने कम्पनीको विश्वास छ । पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भने भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ ।

‘फरथिङ केवाल गाडी मात्र नभएर यो भविष्यको मोविलिटीप्रतिको दृष्टिकोण समेत हो । नेपाली उपभोक्तालाई विश्वस्तरिय इलेक्ट्रिक प्रबिधीमा पहुँच दिने लक्ष्यसहित फरथिङ ब्रान्ड ल्याएको छौ’ लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले भने ।

सम्बन्धित समाचारहरू

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले चीनमा चलिरहेको चेङदु मोटर शो २०२२ मा आफ्ना ६...

महिन्द्राले सन् २०२७ मा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने, एक पटक चार्जमा ६७९ किमीसम्मको रेन्ज दाबी

महिन्द्राले सन् २०२७ मा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने, एक पटक चार्जमा ६७९ किमीसम्मको रेन्ज दाबी

महिन्द्राले सन् २०२७ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने पुष्टि...

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपरासी – नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...