अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?

कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा चलाइन्छ र त्यसपछि गियर परिवर्तन गरेर गति बढाइन्छ वा घटाइन्छ । कारमा विभिन्न गियरहरू बिस्तारै गति बढाएर परिवर्तन गरिन्छ ताकि कारले बिस्तारै गति प्राप्त गर्न सकोस्। 

कारको गति नियन्त्रण गर्न गियरको प्रयोग गरिन्छ र पछाडि जानका लागि रिभर्स गियरको प्रयोग गरिन्छ । तर, कार अगाडि बढिरहेको बेला अचानक रिभर्स गियरमा गयो भने के हुन्छ?

म्यानुअल ट्रान्समिसन कारमा यदि उच्च गतिमा कार चलिरहेको छ भने रिभर्स गियर राख्न सामान्यतया सकिँदैन। यद्यपि प्रयास गर्दा गियरका पाङ्ग्राहरू भाँचिने जोखिम हुन्छ। यस्तो अवस्थामा ठूलो आवाज आउँछ र गियर बक्स बिग्रिएर कार चलाउन नसकिने अवस्था आउँछ। कम गतिमा भए पनि रिभर्स गियर लगाउन खोज्दा कारले झट्का खाई अचानक रोकिन सक्छ। यसले यात्रुहरूलाई चोट पुर्‍याउनसक्छ र पछाडिबाट आउने अन्य सवारीसाधनसँग ठोक्किने खतरा बढाउँछ। साथै, गियर बक्स मर्मतमा ठूलो खर्च लाग्न सक्छ।

अटोमेटिक ट्रान्समिसन कारमा भने यस्तो सम्भावना कम हुन्छ किनभने यी कारका गियरहरू लक हुन्छ र अगाडि बढिरहेको अवस्थामा रिभर्स गियर लगाउन सकिँदैन। यदी गियर लकमा समस्या आयो र रिभर्स गियर लगाउन प्रयास गरियो भने नतिजा म्यानुअल कारजस्तै हुनसक्छ।

सम्बन्धित समाचारहरू

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

अप्रिल १ देखि यी धेरै कम्पनीले बढाए कारको मूल्य, नेपालमा पर्ला असर ?

अप्रिल १ देखि यी धेरै कम्पनीले बढाए कारको मूल्य, नेपालमा पर्ला असर ?

नयाँ आर्थिक वर्षको सुरुवातसँगै भारतमा अटोमोबाइल कम्पनीहरूले कारको मूल्य...

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम यति मोटर्स हेटौंडा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम यति मोटर्स हेटौंडा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक ऋषि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...