दक्षिण अफ्रिकी कार बजारमा भारतीय उत्पादनको हिस्सा ५० प्रतिशत
काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा...
काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख युनिट बिक्रीसहित नयाँ माइलस्टोन हासिल गरेको छ । लन्च भएको ४ वर्ष अवधिमा एक्सयूभी ७०० ले ३ लाख युनिट भन्दा बढी बिक्री भएको हो ।
अगस्ट २०२१ मा लन्च भएको सो एसयूभी मे २०२३ सम्ममा १ लाख युनिट बिक्री भएको थियो । जुन २०२४ मा २ लाख युनिट बिक्री हासिल गरेको एक्सयूभी ७०० ले त्यसपछिको अर्को १ वर्षमा ३ लाख युनिट बिक्रीको माइलस्टोल हासिल गरेको हो ।
५ र ७ सिटर कन्फिगरेसनमा उपलब्ध यस एसयूभी एमएक्स, एएक्स३, एएक्स५, एएक्स५ सेलेक्ट, एएक्स७ र एएक्स७ एल सहित कुल ६ भेरिएन्टमा उपलब्ध छ । हालै, महिन्द्राले यसको ब्लेज र इबोनी संस्करणको सुरुवातसंगै केही विशेष संस्करण समेत थपेको छ ।
पावरट्रेनको कुरा गर्नुपर्दा यसमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिनको विकल्प दिइएको छ । ६–स्पिड म्यानुअल वा ६–स्पिड ट्रान्समिसनको विकल्प पाइने यसको केही भेरिएन्टमा भने अल–ह्विल ड्राइभ अप्सन समेत पाउन सकिन्छ ।
भारतीय बजारमा यसको सुरुवाती मूल्य १४ लाख ४९ हजार भारुदेखि सुरु हुन्छ । नेपाली बजारमा समेत उपलब्ध यस एसयूभीको सुरुवाती मूल्य ७४ लाख निर्धारण गरिएको छ भने टप भेरिएन्टलाई १ करोड १० लाख रुपैयाँ पर्छ ।
नेपालमा २०७९ माघ महिनादेखि बिक्री सुरु भएको एक्सयूभी ७०० ले सुरुवाती दिनमा राम्रै प्रतिक्रिया पाएपनि पछिल्लो समय भने खासै गति लिन सकिरहेको छैन । ईभीको बढ्दो प्रभावले सो एसूभीको बिक्रीलाई प्रभावित पारेको हो ।
काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा...
काठमाडौं – नेपाली बजारमा महिन्द्राका गाडीहरु अग्नि इन्कर्पोरेटेड...
महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थप्ने भएको छ । एसयूभीमा प्यानाराेिमक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...