जापानमा विद्युतीय सवारीको ब्याट्री रिसाइक्लिङ गर्ने पहिलो प्लान्ट सञ्चालन
सुमितोमो मेटल माइनिङले विद्युतीय सवारीसाधनका ब्याट्री रिसाइक्लिङ गर्ने...
पछिल्लो समय निकै नै चर्चा पाइरहेको सोलिड स्टेट ब्याट्री मास मार्केटमा आउन अझै लामो समय लाग्ने देखिएको छ । उच्च ऊर्जा घनत्व र द्रुत चार्जिङ जस्ता विशेषताका कारण नयाँ ऊर्जा युगका लागि आदर्श ऊर्जा समाधानको रूपमा घोषणा गरिएको सोलिड स्टेट ब्याट्रीको उत्पादनले गती लिन ढिलाई हुने बैज्ञानिकहरुले ठहर गरेका हुन् ।
चीनका अधिकांश अटोमेकरले २०२६ को सुरुवातदेखि नै यो ब्याट्रीलाई मास मार्केटमा ल्याउने घोषणा गरेपनि विज्ञहरूले अब यी लक्ष्यहरू अवास्तविक हुन सक्ने सुझाव दिन थालेका छन् ।
हालै २०२५ चाइना अटोमोटिभ फोरममा, चाइना अटोमोटिभ टेक्नोलोजी रिसर्च सेन्टरका प्रमुख वैज्ञानिक वाङ फाङले सोलिड स्टेट ब्याट्रीहरूले पार गर्नुपर्ने चार महत्वपूर्ण समस्याहरू पहिचान गरे । उनका अनुसार, सोलिड स्टेट ब्याट्रीले हाल अस्पष्ट आयन कन्डक्सन च्यानल, जटिल उत्पादन प्रक्रिया, अपर्याप्त सुरक्षा नियन्त्रण र उच्च मात्रामा उत्पादन जस्ता चुनौतीहरू सामना गरिरहेको छ ।
लिक्विड ब्याट्रीको तुलनामा सोलिड स्टेट ब्याट्री सुरक्षाका हिसावले निकै नै संवेदनशिल हुने कारण सवारीसाधनमा प्रयोग अघि गम्भिर बन्नुपर्ने वाङको धारणा थियो । उनको यस भनाईलाई पछिल्लो समय ईभीमा निम्तिएका अगालागीको घटानासंग जोडेर निकै गम्भिरताका साथ हेरिँदै आएको छ भने केही अटोमेकरहरूले सुरक्षाप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न प्रायः राष्ट्रिय मापदण्डहरू पार गर्दै कठोर परीक्षण प्रोटोकलहरू लागू गरिरहेका छन् ।
अर्कोतर्फ, हालका वर्षहरूमा अटोमोटिभ बजारको परिदृश्य परिवर्तन भएको छ । केही समयअघिसम्म गुमनामजस्तै बनेको हाइब्रिड सवारी साधनको बिक्रीले हालैका दिनहरुमा गति लिन थालेको छ । चीनमा पछल्लो समय हाईब्रिड कारको बिक्री ३० प्रतिशत भन्दा बढिले बृद्धि हुँदा एक्सटेन्डेड रेन्ज हाईब्रिडको १५ प्रतिशत माथी छ । यसले पनि भोलिका दिनमा ब्याट्री इलेक्ट्रिक कारको बिक्री क्रमश घट्दै जाने र सोलिड स्टेट ब्याट्रीमा अटोमेकर खासै उत्साहित नहुने देखाउँछ ।
परम्परागत लिथिम ब्याट्रीको तुलनमा ३ गुणा बढि महंगो पर्ने कारण सोलिड स्टेट ब्याट्रीले ईभीको लागत निकै बढाउँने विभिन्न अध्यानहरुले देखाएका छन् । यसले पनि यो नयाँ प्रबिधीलाई छिट्टै मास मार्केटमा आउन कठिन बनाउने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...