इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?
कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ...
जिली ब्रान्डका ईभी हाल विश्वमै लोकप्रिय बनेका छन् । हाल ईभीका लागि लोकप्रिय बनेको जिलीको सुरुवातको कथा भने ‘कोल्ड स्टार्ट’ सँग जोडिएको छ । हाल अटोमोटिभ पावर हाउसका रुपमा परिचित जिलीले आफ्नो जीवनको सुरुवात भने रेफ्रिजेरेटर पार्ट्स निर्माताको रुपमा गरेको थियो ।
चीनको झेजियाङ प्रान्तस्थित ताइझाउ सहरमा सन् १९८६ मा एरिक लीले हुआनग्यान रेफ्रिजेरेटर पार्ट्सको स्थापना गरेका थिए । करिव ८ वर्ष सम्म यो कम्पनीले रेफ्रिजेरेटर, फ्रिजर र कन्स्ट्रक्सन तथा डेकोरेटिभ मेटरियल बनायो ।
त्यसपछि सन् १९९४ मा हुआङग्यान हुवासियन मोटरसाइकल फ्याक्ट्रीको स्थापना भयो । यही नै जिली र जिली ट्रेडमार्कको सुरुवाती चरण थियो । यद्यपि सन् १९९७ सम्म पनि अटोमोटिभ उद्योगमा जिली प्रवेश गरेको थिएन । यो कम्पनीले कम बजेट हुने व्यक्तिहरुका लागि अफोर्डेबल कार उत्पादन गर्न चाहन्थ्यो । यसका लागि नै यो चीनको पहिलो निजी स्वामित्वको अटो निर्माता कम्पनी बन्यो ।
यस पछि सन् २००२ मा चीनका टप १० अटो निर्माता कम्पनीमा जिली पनि प्रवेश ग-यो । सन् २०१० मा यसले भल्वोको स्वामित्व नै लिन सक्ने अवस्थामा पुग्यो । फोर्डमा रहेको १०० प्रतिशत भल्वोको सेयर लिएर जिलीले पश्चिमी देशहरुमा आफ्नो व्यवसाय विस्तार ग¥यो भने सन् २०१७ मा लोटसको ५१ प्रतिशत सेयर लियो । त्यसैगरी मर्सिडिज बेन्जको स्वामित्वमा रहेको डेमलर एजीको ९.६९ प्रतिशत सेयर पनि सन् २०१८ मा लियो । यी सबैका कारण १० लाख सवारी साधन बिक्री गर्ने पहिलो चाइनिज कार ब्रान्डको रुपमा जिलीले नयाँ पहिचान कायम ग-यो ।
सन् २०२४ मा जिलीले २२ लाख सवारी बिक्री गरेर रेकर्ड कायम ग¥यो । यो अघिल्लो वर्ष भन्दा ३४ प्रतिशत बढी बिक्री थियो । त्यसैगरी चीन वाहिर अघिल्लो वर्ष भन्दा २१ प्रतिशत बढी अर्थात १२ लाख २० हजार युनिट सवारी साधन बिक्री गर्न सफल भयो । इलेक्ट्रिफाइड सवारी साधनको बिक्री पनि करिव ५२ प्रतिशतले बढ्यो ।
नेपालमा प्रतीक्षा
नेपाली बजारमा जिलीका गाडीहरु पहिले नै बिक्रीका लागि उपलब्ध थिए । करिव एक दशक भन्दा पहिले नै केही चिनियाँ गाडीहरु बिक्री भइरहेको सयममा जिलीका गाडीहरु नेपाली बजारमा पनि बिक्री-वितरण भएका थिए । तर त्यो समयको बजार दिगो हुन सकेन ।
पछिल्लो समयमा फेरि नेपालका साथै विश्व बजारमा समेत चिनियाँ ईभीको प्रयोग बढ्दै गएको समयमा नेपाली बजारमा पनि अन्य ब्रान्डका साथै जिलीको पनि चर्चा चल्दै छ । यद्यपि हाल सम्म पनि औपचारिक रुपमा यो ब्रान्ड नेपालमा भित्रिएको छैन ।
नेपाली बजारमा जिलीको आधिकारिक वितरकको रुपमा एलआरआर मोटर्सले आगामी नाडा अटो शोमा औपचारिक रुपमा जिलीका गाडी सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो भन्दा पहिले नै नेपाली बजारमा उपलब्ध हुने जिली ग्यालेक्सी ई५ का दुई भेरिएन्ट नेपाल भित्रिसकेका छन् र केही दिनमै औपचारिक रुपमा यो विद्युतीय कार लन्च हुने बताइएको छ ।
ग्यालेक्सी ई५ प्रो र म्याक्स गरी दुई भेरिएन्टमा नेपाल आएको हो । दुबै भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
एलआरआर मोटर्सले भन्सार प्रयोजनका लागि भनेर यसअघि नै यसको मूल्य तोकिसकेको छ । जसअनुसार, ग्यालेक्सी ई५ को मूल्य क्रमशः ५८ लाख र ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एलआरआर मोटर्सले जिली ब्रान्डका गाडी बिक्री गर्न भनेर काठमाडौंको गैह्रीधारामा अत्याधुनिक नयाँ शोरुम तयार पारिरहेको छ ।
कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ...
यदि तपाईं पुरानो कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने, यो समय विद्युतीय...
कुश्मा – विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...