इलेक्ट्रिक स्कुटरको व्यापार : छुट र अफरको पछि लाग्ने कि, उचित मूल्य निर्धारणमा जोड दिने ?

काठमाडौं–पछिल्ला केही वर्षयता नेपालको अटोमोबाइल बजारमा विशेष गरी इलेक्ट्रिक स्कूटरको माग तीव्र रूपमा बढिरहेको छ । वातावरणमैत्री, न्यून सञ्चालन खर्च र आधुनिक सुविधाले गर्दा धेरै उपभोक्ताहरू ईभीतर्फ आकर्षित भइरहेका छन् । तर, यसै अवसरलाई लिएर बजारमा देखिएको अर्को प्रवृत्ति भने अत्यधिक छुट र आक्रामक अफरमार्फत ग्राहक लोभ्याउने हो ।

‘२५ हजार छुट, ५० हजार क्यासब्याक, फ्री हेल्मेटदेखि निःशुल्क बीमा’ जस्ता अफरहरूले एकछिनका लागि ग्राहकको ध्यान त खिच्न सक्छ, तर दीर्घकालीन सन्तुष्टि भने यस्ता अफरले दिन सक्दैनन् । ग्राहकको वास्तविक प्राथमिकता भनेको मूल्य अनुसारको गुणस्तरीय स्कूटर हो — जसले राम्रो ब्याट्री, भरपर्दो मोटर, सहज सर्भिस र टिकाउ संरचना प्रदान गरोस ।

अत्यधिक छुट दिने कम्पनीहरूले अक्सर उत्पादन लागत घटाउन प्राविधिक गुणस्तरमा कटौती गर्ने खतरा पनि बोकेका हुन्छन् । साथै बिक्रि हुन नसकेर बर्षौ अघिका स्टक सल्टाउन पनि यस्ता आकर्षक अफर सँचालन गरिएको हुन सक्छ । कतिपय अवस्थामा ग्राहकले सुरुमा छुट पाउँछन्, तर केही महिनामै सस्तो पार्ट्स र असक्षम सर्भिसका कारण समस्यामा पर्ने गर्छन् ।

यी र यस्ता समस्याहरुको समाधानका लागि इमान्दार भएर मूल्य निर्धारण गर्ने र गुणस्तरीय उत्पादन र भरपर्दो सर्भिस प्रदान गर्नु आवश्यक देखिन्छ । यसले व्यापार त दीर्घकालीन हुन्छ नै ग्राहक पनि बिस्तारै कम मूल्यको झुठो लोभ भन्दा उचित मूल्यमा भरपर्दो उत्पादन रोज्ने मनस्थितिमा पुग्छन् ।

इलेक्ट्रिक स्कूटरजस्तो प्रविधिमा आधारित उत्पादनमा मूल्यको आधार सस्तो होइन, विश्वासिलो हुनुपर्ने देखिन्छ । जसका लागि कम्पनीहरूले मूल्य पारदर्शिता अपनाउँदै स्कूटरको मोटर पावर, ब्याट्री क्षमता, ब्रेक सिस्टम र अन्य प्राविधिक पक्षहरू स्पष्ट रूपमा जनाउनुपर्छ ।

बजारमा टिक्न र ग्राहकको भरोसा जित्न चाहने कम्पनीहरूले अल्पकालीन छुटको अफरभन्दा दीर्घकालीन मूल्य–गुणस्तरको सन्तुलनमा ध्यान दिनु आवश्यक छ । यसले ब्यापारमा स्थायित्व दिनुको साथै ब्रान्डप्रति ग्राहकको विश्वास समेत बढाउन मद्धत गर्दछ ।

सम्बन्धित समाचारहरू

सवारी साधनका हर्न अब मधुर संगीतमा

सवारी साधनका हर्न अब मधुर संगीतमा

शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड ‘अक्सविन’ को इलेक्ट्रिक...

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...