फरारीद्वारा १४ वर्षपछि म्यानुअल गियरबक्ससहितको सुपरकार लन्च
फरारीले १४ वर्षपछि पहिलो पटक सीमित संस्करणमा नयाँ १२ सिलिन्ड्री म्यानुअल...
इटालियन लक्जरी कार निर्माता फरारीले आफ्नो नयाँ स्पोर्ट्स कार ‘अमाल्फी’ विश्व बजारमा लन्च गरेको छ। सो कारलाई कम्पनीले पुरानो मोडल ‘रोमा’ को सट्टा नयाँ इन्ट्री लेवलको ग्रान्ड टुरर स्पोर्ट्स कारको रूपमा प्रस्तुत गरेको हो। सो नयाँ मोडल फरारीको अहिलेसम्मकै सबैभन्दा सस्तो ग्रान्ड टुरर कार बनेको छ।
युरोपमा अमाल्फीको बुकिङ सुरु भइसकेको छ भने सन् २०२६ को पहिलो त्रैमासिकदेखि डेलिभरी सुरु हुनेछ। त्यसपछि ३ देखि ६ महिनाभित्र अमेरिका पुग्ने र त्यसपछिको चरणमा भारतमा लन्च गरिनेछ। कम्पनीका अनुसार अमाल्फीले ३.३ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।
अमाल्फीमा ३.९ लिटर ट्विन-टर्बो भी८ इन्जिन राखिएको छ जसले ६४० हर्सपावर र ७६० एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिन ८ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग जोडिएको छ। इन्जिनमा हल्का क्यामशाफ्ट र नयाँ ईसीयु प्रयोग गरी कार्यसम्पादन थप सुधारिएको छ। यसले कारलाई ३.३ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टा र ९ सेकेन्डमा ०-२०० किलोमिटर प्रतिघण्टामा लैजान सक्षम बनाएको छ। कारको उच्चतम गति ३२० किलोमिटर प्रतिघण्टा हो।
यसको डिजाइन एयरोडायनामिक र स्पोर्टी देखिन्छ। ग्लासहाउस टपबाहेक यसको सम्पूर्ण बडी नयाँ डिजाइन गरिएको छ। स्लिम हेडलाइट बीचमा कालो बारले जोडिएको छ भने तल लिप स्पोइलर र एयर डक्ट जडान गरिएको छ। यसको साइड प्रोफाइलमा घुमाउरो रेखा र २० इन्चका अलोय ह्विल समावेश छ । पछाडिको भागमा नयाँ एक्टिभ स्पोइलर राखिएको छ, जसले २५० किलोमिटर प्रतिघण्टाको गतिमा ११० किलोग्राम डाउनफोर्स प्रदान गर्छ। टेललाइट र डिफ्युजरको स्वरूपमा पनि थोरै परिमार्जन गरिएको छ।
यसको क्याबिन रोमा कि जस्तो देखिन्छ । इन्टेरियरमा प्रिमियम लेदर, कार्बन फाइबर र टचस्क्रिन डिस्प्लेको संयोजन रहेको छ। स्टेयरिङमा टच स्विचको सट्टा फिजिकल बटन राखिएको छ जसमा स्टार्ट/स्टप बटन समावेश छ। पछाडिको सिट पुरानै मोडल जस्तै छ। फ्लोटिङ सेन्ट्रल कन्सोलमा ठोस आल्मुनियम प्रयोग गरिएको छ जसमा गियर सेलेक्टर, वायरलेस चार्जर र साना कन्ट्रोल छ। ड्यासबोर्डमा १०.२५ इन्चको स्क्रिन जडान गरिएको छ साथै यात्रुको लागि ८.८ इन्चको स्क्रिन र चालकको लागि १५.२ इन्चको स्क्रिन दिइएको छ ।
अमाल्फीले बजारमा एस्टन मार्टिन डीबी१२, बेन्टले कन्टिनेन्टल जीटी, मासेराटी ग्रानटुरिस्मो र आगामी एस्टन मार्टिन डीबी१२एस सँग प्रतिस्पर्धा गर्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...