रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला ई–स्कुटर निर्माताले आफ्नो उत्पादन भारी मात्राले कटौती गर्ने भएका छन् । मिडिया रिपोर्टका अनुसार, बजाज अटो, एथर इनर्जी र टीभीएसले यस महिना उत्पादन कटौती गर्ने योजना बनाएका हुन् ।

बजाजले आफ्नो उत्पादन आधा घटाउने सम्भावना रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यसैगरी, एथर इनर्जीले १० प्रतिशतसम्म र टीभीएसले पनि ३० प्रतिशत हाराहारी उत्पादन कटौटी गर्ने जनाएका छन् ।

चीन र अमेरिकाविच चर्किएको व्यापार युद्धपछि चीनले आफ्ना केही दुर्लभ खनिजको निर्यातमा कडाई गरेको छ । जसअन्तर्गत विद्युतीय सवारी साधनको उत्पादनका लागि अत्यावश्यक चुम्वकको अभाव विश्व बजारमै चर्किएको हो ।

निर्यातमा गरिएको कडाई लामो समयसम्म लम्विँदा यसको प्रभाव विश्वभरका अटो निर्मातालाई पर्ने विभिन्न अध्यानहरुले देखाएको छ । भारतको सबैभन्दा ठूलो अटो निर्माता मारुती सुजुकीले यही कारण देखाएर आफ्नो विद्युतीय एसयूभीको बिक्रीलाई कम्तिमा पनि ६ महिना पर धकेलेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...