रक्तदान र बृक्षारोपण कार्यक्रम गरी नेपालमा मनाईयो ‘यामाहा डे’

काठमाडौं–यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ । विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोट्र्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ ।

यसवर्ष यामाहाले 'Bridging Old and New, Through Kando Actions' भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाएको हो । यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित मनाइएको यामाहा नेपालले जनाएको छ ।

नेपालमा एमएडब्लु फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धतालाई उजागर गरेको जनाइएको छ ।

यामाहा ब्लु स्ट्रिक्स राइड आउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ । जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ । देशभरिका सबै शोरूममा केक काट्ने कार्यक्रमका साथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिएको छ ।

यस अवसरमा यामाहा नेपालले ७० वर्षको यात्रा एक उत्सव मात्र नभई सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ ।

यामाहा नेपालका सीइओ दीपक अग्रवालले यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको बताए । नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको उनको भनाई छ ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्राण्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ । उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

काठमाडौं – यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता...

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम मानिने यामाहाले नेपालमा...

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...