७१ हजार मूल्यको स्कुटरका लागि १५ लाखको फेन्सी नम्बर प्लेट
कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा...
आजको आधुनिक युगमा कार केवल यात्रा गर्ने माध्यम होइन, यो मानिसको आवश्यकता, लगानी र भावनासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। यस्तो अवस्थामा यदि कुनै चोरले तपाईंको मेहनतले किनेको कार केही सेकेन्डमै लिएर भागेमा कस्तो हुन्छ? यसै समस्यालाई ध्यानमा राख्दै कार कम्पनीले अहिले सुरक्षा प्रणालीलाई नयाँ स्तरमा पुर्याएका छन् । त्यसैको उदाहरण हो – इन्जिन लकिङ प्रविधि ।
इन्जिन लकिङ एक स्मार्ट सुरक्षा प्रणाली हो, जसले कारको इन्जिनलाई केवल अधिकृत साँचो वा मान्य सिग्नल पाएको खण्डमा मात्र स्टार्ट गर्न अनुमति दिन्छ। यदि चोरले कारको लक तोड्न सफल भए पनि, जबसम्म ऊसँग सही पहिचान हुने उपकरण छैन, इन्जिन स्टार्ट हुन सक्दैन । यसको अर्थ, कार चोरीको प्रयास सुरुमै विफल हुन्छ।
सो सिस्टम मोबाइल एप वा रिमोटबाट नियन्त्रण गर्दा अझ प्रभावकारी हुन सक्छ । यदि कार टाढा पार्क गरिएको छ भने शंका लागेको अवस्थामा फोनमार्फत कारको इन्जिन तुरुन्तै लक गर्न सकिन्छ। यसपछि कसैले पनि कार स्टार्ट गर्न सक्दैन, जसले चोरीको सम्भावनालाई शून्य बनाउँछ।
इन्जिन लक प्रणाली कारको इलेक्ट्रोनिक कन्ट्रोल युनिटमा आधारित हुन्छ, जसले गेटकिपर जस्तै काम गर्छ। यसमा आरएफआईडी चिप, जीपीएस ट्र्याकर र मोबाइल एप जस्ता आधुनिक प्रविधिको प्रयोग हुन्छ। केही एड्भान्स प्रणालीले त रियल-टाइम लोकेशन ट्र्याकिङ र टाढाबाट इन्जिन अफ गर्नेजस्ता फिचर पनि दिन्छ, जसले कारलाई देशको जुनसुकै कुनाबाट पनि नियन्त्रण गर्न सकिने बनाउँछ।सो प्रविधिलाई आफ्टरमार्केटमा पनि जडान गर्न सकिन्छ ।
कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा...
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
सामान्यतः ब्याट्रीलाई यसको प्रयोगका आधारमा अटोमोटिभ र औद्योगिक गरी दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...