बुधबार देखि नेपालमा बिक्री शुरु हुँदै एमजी विन्डसर ईभी, चासोमा मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा एमजी विन्डसर ईभीको बिक्री प्रारम्भ हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभीको बिक्री औपचारिक रुपमा गर्ने उद्देश्यका साथ आवश्यक तयारी अन्तिम अवस्थामा पु¥याएको बताएको छ ।

नेपालमा उपलब्ध हुने एमजी विन्डसर भारतमा बनेको हो । यो भन्दा पहिले एमजी कोमेट पनि भारतमै उत्पादन भएको थियो ।

एमजी विन्डसर ईभीको मूल्यको वारेमा पनि धेरैलाई चासो छ । यद्यपि भन्सार प्रयोजनको लागि कम्पनीले केही समय पहिले प्रकाशन गरेको मूल्य सुचीअनुसार विन्डसर एक्सक्लुसिभको मूल्य ३९ लाख ४९ हजार र इसेन्स भेरिएन्टको ४२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । लन्चिङको समयमा यो मूल्यमा केही परिमार्जन पनि हुन सक्छ ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । सो कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ ।

एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ ।

एमजी विन्डसर ईभीमा भएको १५.६ इनचको टचस्क्रिन, ६०४ लिटरको बुट स्पेस, १३५ डिग्रीको एयरो लाउन्ज सिट, वायरलेस चार्जिङ र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।

भारतमा राम्रो चर्चा कमाइरहेको कारण एमजी विन्डसर ईभी नेपाली बजारमा समेत धेरैले रुचाउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले प्रिमिय एसयूभी र सुपर कार उत्पादनका छुट्टै नयाँ व्राण्ड याङवाङ...

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक...

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...