४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन
फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा...
काठमाडौं – नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर पनि हो ।
यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ । यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो ।
टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो । यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार ग¥यो ।
यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्रयाकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन् । तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित ग¥यो ।
१६० हर्सपावर र ३९० एनएम टर्क क्षमता भएको टुनल्यान्ड जी७ ले अफ–रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन ग¥यो । आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरेको थियो भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो ।
यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत ग¥यो । कठिन उकालो मार्गहरूमा समेत जी७ को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने, १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकतामा थप अनुभूती गर्न सकिन्छ ।
यस ऐतिहासिक यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा थियो । यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नुमात्र नभई, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो । विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड जी७ ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र नभई, नेपालमा ४ वाई ४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको छ ।
यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासँगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट संकेत दिएको छ ।
फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्दि कमर्शियल भेइकल प्रालि नेपालको व्यावसायिक सवारी क्षेत्रको प्रमुख कम्पनीका रुपमा परिचति छ । यसले भरपर्दो, शक्तिशाली र आधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रदान गर्दै आएको छ ।
कम्पनीले नेपाली सडक र व्यवसायका आवश्यकता अनुरूपका उत्कृष्ट प्रविधि र सेवाहरू ल्याएको छ । ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित यो कम्पनीले नेपालको व्यावसायिक यातायात क्षेत्रलाई अगाडि बढाँउने लक्ष्य राखेको छ ।
फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा...
काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको...
काठमाडौं – फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...