टीभीएस बाइकमा १ लाखसम्म नगद छुट, ८ हजार रुपैयाँ बरावरको शपिङ भौचर सित्तैमा
काठमाडौं–टीभीएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो बहुप्रतीक्षित टीभीएस अपाचे आरटीआर १६० को २०२५ मोडल लन्च गरेको छ। सो अपडेटेड भर्सन पहिलेभन्दा बढी सुरक्षित र आधुनिक फिचरले सुसज्जित रहेको कम्पनीले जनाएको छ।
नयाँ अपाचे आरटीआर १६० अब ड्युअल च्यानल एबीएस, ओबीडी२बी अनुरूप इन्जिन, ३ राइडिङ मोड, र टीभीएस स्मार्टकनेक्ट टीएम जस्ता अत्याधुनिक सुविधाका साथ आएको छ। ड्युअल च्यानल एबीएसले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुनबाट रोकेर मोटरसाइकललाई चिप्लनबाट बचाउँछ । त्यस्तै, ओबीडी२बी अनुरूप इन्जिनले वातावरणमा कम प्रदूषण फैलाउन मद्दत गर्छ।
नयाँ टीभीएस अपाचे आरटीआर १६० दुई आकर्षक रङ विकल्पमा उपलब्ध छ । दुवै रङमा रातो अलोय ह्विल दिइएको छ, जसले बाइकलाई अझ स्पोर्टी र आकर्षक देखाउँछ। यसको सुरुवाती १ लाख ३४ हजार ३२० भारु तोकिएको छ।
नयाँ टीभीएस अपाचे आरटीआर १६० मा १५९.७ सीसी इन्जिन छ, जसले १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क उत्पादन गर्छ। यसमा ब्लुटुथ कनेक्टिभिटी र भ्वाइस असिस्ट जस्ता फिचर उपलब्ध छ, जसले राइडरलाई कनेक्टेड अनुभव प्रदान गर्छ । टीभीएस अपाचेको रेसिङ डीएनएले गर्दा यो यसको सेगमेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकलको रूपमा परिचित छ। सो बाइक स्मार्ट हुनुका साथै आरामदायी पनि छ।
काठमाडौं–टीभीएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ ।...
टीभीएसको शक्तिशाली स्कुटर एनटर्क १५० ले मोटर स्पोर्ट प्रयोगका लागि अनुमति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...