‘ग्यारेज चौतारी’ मार्फत देशभरका मेकानिक र ग्यारेज व्यवसायीलाई जोड्दै लक्ष्मी ल्युब आयल
काठमाडौं–समयको परिवर्तनसँगै सडक र सवारीसाधन बदलिए पनि मानिसहरूलाई...
काठमाडौं–टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौँ उपत्यका बाहिर दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
कम्पनीले सवारीसाधनको दीर्घकालीन मर्मत र इन्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।
चार पाङ्ग्रे सवारीका लागि यहि असार १२ र १३ गते वुटवलस्थित एड्भान्स अटो केयर र दुई पाङ्ग्रेका लागि असार १९ र २० गते भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा क्याम्प आयोजना हुन लागेको हो ।
क्याम्पमा सहभागीले आफ्नो सवारीको इन्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् । सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इन्जिन हेरचाहका लागि आवश्यक टिप्स र सेवा सम्बन्धी सुझावहरू समेत सेयर गरिने हुँदा यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने कम्पनीको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...